दमौली खबर संवाददाता
तनहुँ, असोज ५ गते
दिगो शान्ति र विकासको कामना गर्दै तनहुँको सदरमुकाम दमौलीमा बिहिबार शान्ति ¥याली गरिएको छ । आत्मा ज्ञान प्रचार सङ्घमा आबद्ध व्यक्तिहरुले ¥याली गरेका हुन् ।
व्यास नगरपालिका ३ अनसनचोकबाट सुरु ¥यालीमालपोत लाईन, सत्यवतीलाईन, गणेशमानचोक, भोर्लेटार चोक, ट्राफिक चोक, जिल्लाप्रहरी कार्यालय हुँदै पुन अनसनचोकमै पुगेको थियो । व्यास नगरपालिकाका विभिन्न क्षेत्रबाट समेत मानिसहरुको आगमनभएको थियो । ¥यालीमा सयौं सहभागी थिए । विगत ५ दिनदेखि आफूहरुले शान्तिको कामनागर्दै सर्वसाधारणलाई भिडियो समेत प्रदर्शन गरिएको सामाजिक अगुवा हरिराज पौडेलले बताउनुभयो ।
दमौलीबजार क्षेत्रका करिव एक हजार जनालाई भिडियो सन्देश मार्फत शान्ति सन्देश समेत प्रदान गरिएको पौडेलले जानकारी दिनुभयो । आत्माको शान्तिको लागि समाजमा असल सङगत र शान्ति सन्देशको आवश्यक भएको समेत पौडेल बताउनुहुन्छ । दिगो शान्तिको लागि आत्माको शुद्धतामा जोड दिदैं विभिन्न स्थानमा सन्देश प्रभाव गर्दै आएको पौडेलले जानकारी दिनुभयो ।
