हेडलाईनसमाचारAll

डायलायसिसको योगदानकर्ताको निधन पछि दुःख व्यक्त

दमौली खबर संवाददाता

यसैबीच दमौली अस्पतालमा राष्ट्रिय मिर्गौला उपचार केन्द्र मार्फत संचालित शत्रुध्न मन्जु डायलाइसिस युनिट स्थापना गर्ने मुख्य योगदानकर्ता श्रीमती मन्जु उपाध्यायको निधन भएको छ । निधन प्रति केन्द्रले शोक व्यक्त गरेको छ ।

२०७९ फागुन ७ गते असामयिक निधन भएको खबरले हामी स्तब्ध भएको शोक विज्ञप्तीमा उल्लेख गरिएको छ । यस दुखद घडीमा दिवंगत आत्माको चीर शान्तीको कामना गर्दे शोक सन्तप्त परिवार प्रति धैर्य धारण गर्न तनहुँ छाव्दीवाराही माताको शक्ति मिलोस भनी कामना गर्दछौं भनि उल्लेख गरिएको छ । विज्ञप्तीमा दमौली अस्पतालले आगामी दिनमा डायलाइसिस युनिट संचालन गरेतापनि शत्रुध्न मन्जु डायलाइसिस युनिटको रुपमा नै संचालन हुने प्रतिबद्धता व्यक्त गरिएको छ । ‘मन्जु उपाध्यायको योगदान प्रति यस अस्पताल सँधै नतमस्तक नै रहने छ । उहाँ हामी माझ नरहनु भए पनि उहाँको सपना साकार पार्न निरन्तर यो सेवा संचालन हुनेछ’ विज्ञप्तीमा भनिएको छ ।

Show More

Related Articles

Check Also
Close
Back to top button