हेडलाईनसाहित्यAll

कविता

उ त्यहि हो भनेर
भनेकै हो
हात लामो पारेर
चोर औलाले, देखाएकै हो
तर
आज आखा, धमिलो
भएर होकि
हराएर हो, नदेखिने भएछ।
सबै तिर भत्किएको मात्र
देखिने रहेछ।
देखाउदा देखाउदै
चोर औलो थाकेर लत्रक परेको
अस्ति जस्तोलाग्छ।
त्यतिबेला देखाएका पहाडका थुम्काहरू
तराई तिर फर्केर हेर्दा देखिने
प्यारो माटो छेक्ने
चिहान जस्तै देखिने
गाडिएका कम्पाराहरू
खै कता गए?
एउटा चन्द्र सूर्य, झण्डा बोकेर
राष्ट्र बादको आवाज
हावामा छोडियो
कहिले पूर्व, कहिले पश्चिम गरियो
तर
आज हात गले ,गोडा गले
पुरै शरिर गलेर , फत्रक्क पर्दा सम्म
आफ्नो माटो जोगाउन सकिएन
निरंतर पैह्रो गैरहेछ।
यो चोर औला अब उठ्नै मान्दैन
देखाउन चाहदैन थुम्का

चिहानका कम्पराहरू

कमल खनाल
तनहू।

Show More

Related Articles

Back to top button