शिक्षाव्यासगण्डकी प्रदेशपत्रपत्रिकाबाट

आदिकविमा सोचको आलोक


दमौली खबर सम्बंददाता
चैत्र १४, दमौली ।आदिकवि भानुभक्त क्याम्पसमा बी.बी.ए.मा अध्ययनरत विद्यार्थीहरुको क्लब आयोजनामा सोचको आलोक नामक उत्प्रेरणा तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ । आदिकवि भानुभक्त क्याम्पस र कर्ण सकारात्मक कोषले सहकार्यमा उक्त कार्यक्रम गरिएको थियो । कार्यक्रमको उद्घाटन गदै गण्डकी प्रदेश सभा सदस्य सरीता गुरुङले विद्यार्थी जीवनमा उत्प्रेरणाले थप उर्जा प्रदान गर्ने बताईन् । उनले भनिन्,‘ आफ्नो लक्ष्य अनुसार अगाडी बढ्न उत्प्रेरणाले सघाउछ । सबैको सोच सकारात्मक हुन आवश्यक रहेको छ ।’सांसद गुरुङले अघि भनिन्,‘एक जनाको पहलमा केही पनि हुदैन तर एक जनाले चाहिँ नेतृत्व गर्न आवश्यक हुन्छ । ’नेतृत्व राजनितिमा मात्र नभई हरेक क्षेत्रमा आवश्यक रहेको उनले बताईन् ।

सोच समुहका अभियान्ता अन्तिम गुरुङले विद्यार्थीलाई नेतृत्व विकासको प्रशिक्षण दिदै विद्यार्थीहरुलाई सकारात्मक सोचको विकास गर्न तालिमले मदत पुग्ने बताए । सोच समुहका अभियान्ता आकृति वाग्ले, बर्षा अर्याल, सजिना के.सी लगायतले सोच समुहको बारेमा प्रकाश पारेका थिए ।

बिबिए विद्यार्थी क्लाउडका अध्यक्ष समुन्द्र ढकालको सभापतित्वमा सम्पन्न गरिएकोे कार्यक्रममा बी.बी.ए. डाइरेक्टर विरेन्द्र पौडेल, युवा संजाल तनहँुका अध्यक्ष सुन्दर अधिकारी, क्याम्पस संचालक समितिका सदस्य सरला मल्ल श्रेष्ठ तथा समाजसेवी शुसीला शर्मा, निर्वतमान सहायक क्याम्पस प्रमुख आत्माराम वास्तोला र सदाखर तिमिल्सिना, अंग्रेजी विभाग प्रमुख सागर पौडेल, आर.याम.सी प्रमुख जनक काफ्ले, सहायक प्राध्यापक दिपा थापा मगर, सागर न्यौपाने, प्रकाश गैह्रे, स्ववियू सभापति दुर्गा भण्डारी, जीवन सेवा अभियानका संस्थापक अध्यक्ष राजेश कुमार श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रमको सहजीकरण दुर्गा भण्डारीले गरेकी थिईन् ।

Show More

Related Articles

Back to top button