Uncategorizedपत्रपत्रिकाबाट

घर घरमै पुगेर शुल्क उठाउदै विद्युत प्राधिकरणका कर्मचारी

दमौली खबर संवाददाता
जेठ २८

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) को त्रासका कारण देशभर गत चैत्र ११ गतेदेखि गरिएको लकडाउन हालसम्म पनि कायम छ । लकडाउनले गर्दा मानविय जिवनमा ठूलो प्रभाव पारेको छ । जसले गर्दा मानविय क्रियाकलाप अहिले निकै कम छ । लकडाउनले मानविय जिवनलाई मात्र होईन देशको अर्थतन्त्रमा समेत ठुलो प्रभाव पारेको छ । विभिन्न सरकारी कार्यालयहरुले सेवागाह्री मार्फत उठाउनु पर्ने शुल्क पनि अहिले उठाउन सकिएको छैन ।

अहिले तत्कालै सबै कार्यालय खुल्ने सम्भावना कम छ। उपभोक्तालाई सेवा प्रदान गरे पछि शुल्क लिनेमा पनि एउटा हो विद्युत प्राधिकरण । लकडाउनको बेलामा पनि कहि कतै मात्र उक्त कार्यालय अर्थात काउन्टर खोलिएको छ । तर शुल्क तिर्दा धेरै भिडभाड भएपछि शुल्क उठाउन बन्द गरिएको पनि पाईएको छ । विकसित जिल्लामा भन विभिन्न वित्तिय संस्था मार्फत विद्युतको महशुल तिर्न पाईएको छ । तर ग्रामीण भेगका ईन्टरनेटको पहँुच नहुनाले अनलाईन मार्फत शुल्क तिर्न सकिएको छैन । यसै बीच तनहँुमा भने विद्युत प्राधिकरणका कर्मचारी घर घरमै पुगेर विद्युतको महशुल उठाउन थालेका छन् । लकडाउनको बेलामा सवारी साधन मार्फत कार्यालयमा आउन कठिनाई भए पछि जिल्लाको व्यास ६ मा भने प्राधिकरणका कर्मचारीहरुले घर घर मै पुगेर विद्युतको महशुल उठाउन थालेका छन् । व्यास ६ शिशाघाटमा रहेको शिसाघाट सामुदायिक विद्युत सेवा नामक संस्थाले घर घरमै पुगेर शुल्क उठाउन थालेको हो । लकडाउनको बेलामा उपभोक्ताहरुलाई शुल्क तिर्न असहज भएपछि उपभोक्ताहरुको घर घरमै पुगेर शुल्क उठाउन थालिएको सेवा केन्द्रका कर्मचारी शिवराज खनाले जानकारी दिए । उनका अनुसार मंगलबार मात्रै व्यास ६ बाह्रबिसेमा दुई सय ५१ घर बाट एक लाख ६० हजार शुल्क उठाईएको छ । त्यस्तै ब्धबार मात्रै सोही वडाको क्रियापानी, वादीमा एक सय २५ घरधुरी बाट ६० हजार शुल्क उठाईएको उनले बताए । उनले भनेर्, लकडाउनले गर्दा उपभोक्ताहरुलाई शुल्क तिर्न धेरै असहज भएको छ, त्यसैले हामी घर घरमै प्ुगेर शुल्क उठाउन थालिएको हो । ’ यसकार्यले उपभोक्ताहरुलाई पनि सहज भएको उनिहरु बताउन्छन् । व्यास ६ बाह्रबिसेकी लालुमाया श्रेष्ठले घरमै शुल्क उठाउन आउदा सहज भएको बताईन् । उनले भनिन्र्, लकडाउनले गर्दा विद्युतको महशुलमा जरिवाना तिर्न पनि जस्तो लागेको थियो, अहिले घरमै महशुल तिर्दा धेरै सहज भएको छ । ’ त्यस्तै सोही ठाँउका स्थानिय सोमराज लामिछानेले सधै यसरी नै घर घरमै आएर महशुल उठाउन सहज हुने बताए । यसअघि महशुल तिर्न जिल्लाको सदरमुकाम दमौलीमा आउनु पर्ने बाध्यता रहेको उनले बताए ।

Show More

Related Articles

Back to top button