समाचार

अपांगता स्वावलम्वन सम्बन्धी दुई दिने तालिम प्रदान

नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यलयको समन्वयमा तथा डेनिस रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाइटी तनहुँ जिल्ला शाखाले ऋषिङ गाउँपालिकामा सञ्चालन गरिरहेको समावेशी समुदाय निर्माणमा अपागता भएका व्यक्तिहरुको शसक्तिकरण कार्यक्रमको अपांगता स्वावलम्वन समुह तालिम सम्पन्न भएको छ । ऋषिङ गाउँपालिकामा रहेका १ देखि ६ नम्वरका वडाहरुमा नयाँ अपांगता समावेशी सम्पर्क व्यक्तिको उत्पादन गर्ने तथा वडा नं ७ र ८ मा पुराना अपांगता समावेशी सम्पर्क व्यक्तिहरुलाई पुर्नताजकि गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको तालिममा ऋषिङ गाउँपालिका स्थित ८ वटै अपांगता स्वावलम्वन समुहवाट ३ जना प्रतिनिधि, ऋषिङ गाउँपालिकामा रहेका उपशाखाहरु, जिल्ला शाखा, गाउँपालिकाको कर्मचारी तथा जिल्ला स्थित अपांगताको क्षेत्रमा काम गर्ने संघ संस्थाको प्रतिनिधि समेत गरेर ३० जनाको सहभागिता रहेको थियो ।

दुई दिन सम्म सञ्चालित सो तालिममा स्वावलम्वन समुह तथा स्वावलम्वन समुहका जिम्मेवारीहरु, अपांगता भएका व्यक्तिहरुको अधिकारसँग सम्वन्धित राष्ट्रिय र अन्तराष्ट्रिय कानुनहरु, अपांगताको परिभाषा, प्रकार, वर्गिकरण तथा राज्यवाट उपलव्ध सेवा सुविधा, वहस तथा पैरवि, अपांगता भएका व्यक्तिहरुको न्यायमा पहुँच, संचार, समावेशी जिविकोपार्जन, वचत, स्थानिय अपांगता समन्वय समिति, स्थानिय स्तरमा योजना छनौट प्रकृया तथा प्रस्ताव लेखन जस्ता विभिन्न विषय वस्तुमा सहभागीहरुलाई प्रशिक्षकहरु करुणानिधि भट्टराइ, महेन्द्र श्रेष्ठ तथा प्रमोद अधिकारीले प्रशिक्षण गराएका थिए ।

सो तालिमको उद्घाटन सत्रको अध्यक्षता नेपाल रेडक्रस सोसाइटी तनहुँ जिल्ला शाखाका सभापती कृष्णहरी वाग्लेले गरेका थिए भने प्रमुख अतिथिको रुपमा नेपाल रेडक्रस सोसाइटी तनहुँ जिल्ला शाखाका निवर्तमान सभापती एवं भानु नगरपालिकाका प्रमुख उदयराज गौलि रहेका थिए । कार्यक्रम नेपाल रेडक्रस सोसाइटी तनहुँ जिल्ला शाखाका उपसभापती ऋषिराम पोख्रेलले सहभागीहरुलाई स्वागत गरेका थिए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी तनहु जिल्ला शाखाका उपकोषाध्यक्ष सुकुमलाल गुरुङ, जिल्ला सदस्य सुर्य चन्द्र हड्खले तथा सिसेडका अध्यक्ष पदम परियार शुभकामना मन्तव्य राखेका थिए भने जिल्ला सदस्य परमेश्वर भट्टराई तथा शाखा विकास अधिकृत शिवकाजी पियाको पनि उपस्थिीती रहेको थियो । उक्त तालिममा कार्यक्रम अधिकृत तथा तालिम संयोजक करुणा निधि भट्टराईले तालिमको उद्देश्य माथी प्रकास पारेका थिए । कार्यक्रमको संचालन जिल्ला शाखाका मन्त्रि चिनु पोख्रेलले गरेकी थिईन् ।

Show More

Related Articles

Back to top button