समाचारUncategorized

मर्मत हुँदै बिरेन्द्र मार्ग

समुन्द्र ढकाल

बर्षाका कारण लामो समय भत्किएको देखि भानु नगरपालिका वार्ड नं १२ मा पर्ने बिरेन्द्र मार्ग मर्मत भएको छ । हरेक वर्षको वर्षाले मार्ग भत्किदाँ स्थानियहरुले सास्ती भोग्दै आउनु परेको थियो । कहिले पहिरो त कहिले धुलोले आजित बनेका त्यहाका स्थानियलाई अहिले केही हदसम्म सहज भएको छ । तनहँु क्षेत्र नं १ का प्रतिनिधि सांसद किसान श्रेष्ठको विशेष पहलमा परेको दुई करोड बराबरको बजेटमा बिरेन्द्र मार्ग मर्मत भईरहेको छ । चन्द्रावती , रतन्पुर , लौडारी भञ्ज्याङ् , कालिमाटी अन्तर्गत पर्ने कच्ची मोटर मार्गमा अहिले ए लेभलको ग्राभेल र नालाको काम निर्माणधिन रहेको नेपाली काङ्ग्रेसको क्षेत्रीय सदस्य एंवम् वि पि विचार समाजका कृष्णराज ठकुरीले बताए ।

अध्यक्ष कमल रानाको नेतृत्व र अन्य समाजसेवी एवं बुद्धिजिविको अगुवाइमा उक्त काम भएको युवा ब्यावसायी एवं युवा नेता प्रदिप पण्डित क्षेत्रीले बताए । मार्गमा लाग्ने आवस्यक जालिको काम पनि सम्म्पन भएको उनले बताए । मार्गमा एउटा खेल मैदान पनि छ र बाटो तेहि खेल मैदान हुदै गएको थियो तर अहिले खेल मैदानलाई पनि असर नगर्ने किसिमले उक्त मार्ग ममर्त भएको छ । खेल मैदानबाट गाडीहरु नहिड्ने भएपछी युवा क्लब पनि खुसी भएको उनिहरुले बताए ।

Show More

Related Articles

Back to top button