समाचार

हत्या अरोपित सात जना प्रहरी नियन्त्रणमा

दमौली खबर संवाददाता

तनहुँ, वैशाख ८ गते

तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्वामी चौतारमा अमन गुरुङको ज्यान जानेगरी भएको घटनामा सङलग्न सात जना आरोपितहरूलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ ।

वैशाख ५ गते दिउँसो ३ बजेको समयमा आबुखैरेनी गाउँपालिका वडा नंं ३ मा बस्नेहरु बर्ष २५ को रोहित घले, बर्ष २४ को आशिष काराखेती, बर्ष २६ को बलराम श्रेष्ठ, बर्ष ३१ को सागर श्रेष्ठ, बर्ष २१ को कुशल गुरुङ, गोरखा जिल्लाको गोरखा नगरपालिका– १३ बस्ने बर्ष २४ को सन्तोष गुरुङ र एक जना नाबालक समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मादक पदार्थ सेवन गरी बिवाद भई झै–झगडा हुँदा निजहरु मध्ये गोरखाको सहिद लखन गाउँपालिका वडा नं. ३ बस्ने बर्ष १८ को अमन गुरुङलाई आँबुखैरेनी–३को पुरानो कोट जङगल भिरबाट ११० फिट तल चन्दनी खोल्सामा खसाली हत्या गरेको भन्ने किटानी जाहेरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक दीपकुमार रायले जानकारी दिनुभयो ।

सातै जनालाई नियन्त्रणमा लिई निजहरु उपर ज्यान सम्बन्धी कसुरमा सम्मानित तनहुँ जिल्ला अदालतबाट शुक्रबार पाँचदिनको म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Show More

Related Articles

Back to top button