समाचार
गण्डकीमा मन्त्री चुमानलाई आर्थिक र गुरुङलाई भौतिक मन्त्रालयको जिम्मेवारी
दमौली खबर संवाददाता
दमौली, वैशाख ८
गण्डकी प्रदेशको आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी फेरी पनि तनहुँका नेताले प्राप्त गरेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रालयको जिम्मेवारी बाँडफाँट गर्ने क्रममा तनहुँले पाएको हो । बिनाविभागीय मन्त्री हरिबहादुर चुमानलाई आर्थिक मामिला तथा राजीव गुरुङ (दीपक मनाङे) लाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिनु भएको छ । यस अघि तनहुँका जीतप्रकाश आलेले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको थियो ।


