सम्पादकीय

पूर्ण खोप कार्यक्रम सफल बनाऔं

सम्पादकीय

नेपालमा वर्षेनी पशुमा विभिन्न रोगहरु लगेर मृत्यु हुँदा कृषकहरु मर्कामा परिरहेका छन् । भारतिय बजारबाट सस्तोमा पशु तथा पशुजन्य सामग्री आएर आएर मर्कामा परिरहेका कृषकहरु झन् पशुमा विभिन्न माहामारी फैलिँदा रोगले गर्दा पशुको मृत्यु हने तथा उत्पादनको गिरावटआई थप मर्कामा परिरहेको अवस्था छ । खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि तनहुँ लगायतका जिल्लाका पुशमा पूर्ण खोप लगाउने अभियान सुरु गरिएको छ । यस क्रममा तनहुँमा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जिल्लाका दश वटै पालिकाका किसानले पालेका पशुलाई खोप लगाउने अभियान सञ्चालन गरिरहेको अवस्था छ । जिल्लाको लागि किसानको गोठमै पुगेर पशुलाई खोप दिन ९२ जना खोपकर्तालाई तालिम प्रदान गरी खोप लगाउन खटाईएको छ । विज्ञ केन्द्रका प्राविधिक कर्मचारी कृषकका पशु फार्म तथा गोठमा पुगेर गाई, भैँसी, बाख्रा तथा भेडाको तथ्याङ्क सङ्लन गर्ने र खोप लगाउने काम धमाधम भईरहेको छ ।’ खोपको लागि अभियानकै रुपमा सञ्चालन गरिएको र तीन लाख ४१ हजार पशुलाई खोप दिइने लक्ष्य राखिएको छ ।

गण्डकी प्रदेश सरकारले पूर्ण खोपयुक्त बनाएर सङ्क्रामक रोग निर्मूल गर्ने योजना बनाएको छ । पशुमा सङ्क्रामक रोग उन्मूलन गरी गुणस्तरीय पशुजन्य उत्पादन सुनिश्चित गर्ने उद्देश्यले प्रदेशका ८५ वटै पालिकामा पूर्ण खोप कार्यक्रम कार्यान्वयनको योजना अनुसार तनहुँमा पनि पशुमा पूर्ण खोप अभिायन सञ्चालन गरिएको बताईएको छ । महामारीजन्य रोगबाट बचाउन र कृषकले पशुपक्षीमा गरेको लगानीको सुरक्षा र सम्भावित क्षतिलाई रोक्न पशुहरूमा खोप लगाउनु पर्ने भएकोले खोप अभियानलाई सफल बनाउनु आवश्यक छ । प्रभावकारी बनाउन विशेष गरी अनुगमनलाई ध्यान दिनु पर्छ । भैँसीलाई खोरेत र एचएसविक्यू, भेडाबाख्रामा पिपिआर र खोरेत, सुँगुर र बङ्गुरलाई हैजा विरुद्धको खोप दिइने छ । यसका साथै गाई,भैसीमा खोरेत,चरचरे,भ्यागुते र लम्की स्कीन बिरुद्व खोप दिइनेछ । जसका लागि एक लाख १२ हजार डोज खोप व्यवस्था गरिएको छ । त्यसैगरी बाख्राका लागि दुई लाख पिपिआर खोप,सुगुँर,बंगुरमा खोरेत र क्लासिक स्वाइन फिवरका लागि १४ हजार र कुकुर,बिरालोका लागि १५ हजार डोज खोप व्यवस्था गरिएको बताईएको छ । केन्द्रले खोप सामाग्री संम्बन्धित पालिकासम्म पु¥याई सकिएको जनाईएको छ । पशुमा हुने महामारी रोगको रोकथाम गर्नका लागि खोप अनिवार्य रहेकोले अभियान सञ्चालन गरिनु उपयुक्त छ ।

 

Show More

Related Articles

Back to top button