क्षेत्री समाजको केन्द्रीय अधिवेशन तनहुँमा हुँदै
दमौली खबर संवाददाता
दमौली, चैत्र २२
क्षेत्री समाज नेपालको चौथो केन्द्रीय महाधिवेशन यहि चैत्र २५ र २६ गते तनहुँको दमौलीमा हुने भएको छ । देशभरीबाट करीव ३५० जना प्रतिनिधी महाधिवेशनमा सम्भागी रहने तयारी समितिका संयोजक तथा क्षेत्री समाज तनहुँका उपाध्यक्ष प्रेम बहादुर राउतले जानकारी दिनुभयो ।
महाधिवेशनमा ६० जिल्लाका प्रतिनिधी सहभागी रहने र विभिन्न सांस्कृतिक झाँकी, प्याली सहितको पर्दशनी पनि गरिने उपाध्यक्ष राउतले जानकरी दिनुभयो । महाधिवेशनको समुद्घाटन चैत्र २५ गते दमौलीको खुला चौरमा गरिने र त्यसपछिको बन्द सत्र क्षेत्री समाज तनहुँको भवन व्यास नगरपलिका–१ गल्वुवेशी, करमकाठ नजिक रहेको भवनमा हुने आयोजकले जनाएको छ ।
क्षेत्री समाजका केन्द्रीय अध्यक्ष प्रा.डा. दिलबहादुर क्षेत्रीको प्रमुख संयोजकत्वमा अधिवेशन तयारी समिति गठन गरिएको छ । अधिवेशनका क्रममा तनहुँका धार्मिक एवम् पर्यटकीय स्थलहरुको प्रचारप्रसार र प्रवद्धन गरिने र प्रतिनिधी एवम् सहभागीहरुलाई अध्ययन अवलोकनको लागि लगिने क्षेत्री समाज तनहुँका अध्यक्ष शम्भुबहादुर अधिकारीले जानकारी दिनुभयो । अधिवेशनका क्रममा दमौली बजार र आसपास क्षेत्रका होटल व्यवसायमा र अन्य आर्थिक गतिविधीमा पनि वृद्धि हुने विश्वास गरिएको छ ।

