सम्पादकीय

समयमा नै पाठ्यपुस्तक उपलब्ध गराऔं

सम्पादकीय

राजनीतिक पार्टीका नेताहरुले चुनावको समयमा आफू आबद्ध पार्टीको घोषणापत्र घर घरमा पु¥याउन तल्लिन हुन्छन् । चुनाव जितेर गएपछि तिनै राजनीतिक पार्टीका नेताहरुले समयमा नै विद्यार्थीको हातमा किताब पु¥याउन नसकेको तितो यर्थाथ नेपालमा छ । किताव आवश्यकता अनुसारको नपाउँदा कतिपय विद्यार्थी महंगो शुल्क खर्च गरेर फोटोकपि गरेर पढ्न बाध्य भएका विगतका इतिहास रहेको छ । तर यस वर्ष नयाँ शैक्षिक सत्र सुरु नहुँदै तनहुँमा पर्याप्त मात्रामा पाठ्यपुस्तक भित्रिएको छ । पाठ्यपुस्तक भित्रिएसँगै विगतमा शैक्षिक सत्र सुरु भइसक्दा पनि पाठ्यपुस्तक अभावमा खाली झोला बोकेर विद्यालय जान बाध्य बालबालिका यसपटक भने विद्यालय खुल्नासाथ झोलाभरि पाठ्यपुस्तक बोकेर जान पाउने वातावरण बनेको छ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ तनहुँले सामुदायिक विद्यालयलाई आवश्यक पर्ने पाठ्यपुस्तक बिक्री–वितरण थालेको छ । यो राम्रो काम हो । विगतका नेपाली र अङ्ग्रेजी माध्यमका किताव प्रशस्त रुपमा नपाईरहेको अवस्थामा यसपटक पर्याप्त मात्रामा पुस्तक आएको अवस्था छ । तनहुँबाट सबै व्यवसायीहरु जनक शिक्षा सामग्री केन्द्रमा गएर माग गरिएको चाहिएको र माग गरेको सङ्ख्या बराबर पुस्तकहरु उपलब्ध भएकोले अभाव नहुने देखिएको छ । कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई आवश्यक सरकारी पाठ्यपुस्तक जिल्लामा ल्याइसकेको अवस्था छ । विद्यार्थीको अनुमानित सङ्ख्याका आधारमा पुस्तक ल्याईएको बताईएको छ । यो वर्ष जस्तै आगामी वर्ष पनि किताबको अभाव नहुने वातावरण नेपाल सरकारले गर्नुपर्दछ । त्यसको लागि जनक शिक्षा सामग्रीलाई समयमा नै किताव छाप्ने काम लगाउनु आवश्यक छ ।

Show More

Related Articles

Back to top button