समाचारAll

संविधान दिवसमा निबन्ध प्रतियोगिता सम्पन्न

दमौली खबर संवाददाता

दमौली, असोज ५

तनहँुको व्यास नगरपालिकाले संविधान दिवसको अवसरमा आयोजना गरेको अन्तर विद्यालय स्तरीय निवन्ध लेखन प्रतियोगिताको पुरस्कार वितरण गरेको छ । विहिबार नगरपालिकाको हलमा एक कार्यक्रम आयोजना गरि विजेतालाई पुरस्कार वितरण गरेको हो ।

प्रतियोगितामा प्रथम हुने सत्यवति माध्यमिक विद्यालयका विपिन श्रेष्ठलाई नगद रु ५ हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै द्धितिय हुने सत्यवति माध्यमिक विद्यालयकै सचिन श्रेष्ठलाई रु ४ हजार सहित प्रमाण पत्र र तृतिय हुने जनजुक्त शाही माध्यमिक विद्यालयकी सन्जिता परियारलाई रु ३ हजार नगद सहित प्रमाण पत्र प्रदान गरिएको थियो । कार्यक्रममा विजेतालाई जिल्ला समन्वय समिति तनहँुका प्रमुख शान्तिरमण वाग्ले,नगरप्रमुख वैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले वितरण गर्नुभयो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति तनहँुका प्रमुख वाग्लेले संविधान कार्यान्वयनमा सबैले आ आफनो ठाँउबाट सहयोग गर्नुपर्ने बताउनुभयो ।

प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा शिक्षा शाखाका निमित्त प्रमुख नविन पराजुलीले संचालन गर्नु भएको थियो भने शिक्षा विकास तथा समन्वय इकाई तनहँुका प्रमुख उद्धवराज जमरकटेलले स्वागत मन्तव्य राख्नु भएको थियो

Show More

Related Articles

Back to top button