गत शुक्रबार (जेठ १९) मध्यपहाडी लोकमार्ग अन्तर्गत घुर्मी–खुर्कोट सडकखण्डको लौकुनबाट सिटिइभिटीको गाडी सुनकोसी नदीमा खस्दा निर्देशकद्वय कृष्णबहादुर केसी र यमबहादुर भुजेल अनि प्राविधिक अधिकृत भानु पौडेल बेपत्ता हुनुहुन्छ। उक्त दुर्घटना मा गाडीचालक कृष्णबहादुर चौधरी पौडिएर निस्कन सफल भएका थिए ।
कृष्ण केसी भानु १० (तनहुँ) निवासी हुनहुन्छ। भर्खरै CDO सुनिता नेपालसँग कुरा गरेर खोजी कार्यलाई तिब्रता दिन तनहुँ १ का स्वर्णिम वाग्लेले आग्रह गर्नु भएको छ । कुरिनटारबाट शसस्त्र प्रहरी र सुन्दरीजलबाट नेपाली सेनाको टोली घटनास्थलमा छन्। पानीको करेन्ट चर्को भएकोले खोजी कार्यमा वाधा छ। CDO नेपालले भोली दुर्घटनास्थल पुगेर थप विवरण दिनुहुनेछ।

