सहकारी नाफा मुलक हुनु भन्दा पनि सेवा मुलक बन्दै आय आर्जनमा टेवा पु¥याउनु पर्छ । नेपालका अधिकांश सहकारीले नाफा कमाउने प्रमुख उद्धेश्य लिएको देखिन्छ । नाफा कमाउने होडबाजी गर्ने सहकारीको भिडमा तनहुँको व्यास नगरपालिका–१० दुम्सी स्थित शिसुवा भतेरी कृषि सहकारीले सामुहिक खेती गरेर विपन्न समुदायको आयवृद्धि गरेको नमुना काम गरिरहेको छ । यस सहकारीले खेर गएको जमिनमा सामुहिक खेती गरेर विपन्न समुदायको आयवृद्धि गर्दै आएको छ । सोही ठाउँको मादीनदीको किनार नजिकैको शिसुवा भतेरीमा रहेको बाँझो जमिनमा सामुहिक खेती गरी आय आर्जनमा सहकारीले सहयोग पु¥याउनु सकरात्मक कार्य हो । सहकारीले सामुहिक खेती सुरु गरेपछि आफ्नो जमिन नभएर आलु तथा धान लगाउन अँधिया गर्न खेत खोज्दै जानुपर्ने बाध्यता हटेको छ । सहकारीले अतिसिमान्तकृत बोटे, अल्पसङ्ख्यक दरै, दलित तथा विपन्न व्यक्तिको आयको लागि सामुहिक खेती गर्ने अवसर दिएको छ । विपन्नको आयआर्जनको लागि वडा कार्यालयले १० वर्षको लागि सो सार्वजानिक जग्गा निशुल्क प्रयोग गर्न दिएपछि पाँच वर्ष अघि देखि सामुहिक खेती सुरु गरेर नौलो काम गरिरहेको छ । निम्न आय भएका कृषकलाई सहकारीमा आवद्ध गराएर आयवृद्धिको लागि गर्नको लागि विभिन्न तरकारी, धान तथा माछा पोखरी सहकारीले आयआर्जनमा टेवा पु¥याएको छ । १२ माछा पोखरीबाट वार्षिक रुपमा दुई लाखको माछा विक्री गरि नाफा कमाउन समेत सफल भएका छन् । अरु सहकारीले पनि नाफा कमाउने भन्दा विपन्नको आयआर्जनमा कसरी मद्धत पु¥याउन सकिन्छ त्यसमा ध्यान दिनु पर्दछ ।
Related Articles
विद्युत सेवालाई प्रभावकारी बनाऔ
August 14, 2023
वृहत स्वास्थ्य शिविरको लागि ताइवानका चिकित्सकको टोली दमौलीमा शिविरको मूख्यमन्त्री पोखरेलले आज उद्घाटन गर्दै
November 1, 2022
महिलालाई रोजगारी दिन व्युटिसियन तालिम प्रदान
March 26, 2023
Check Also
Close
-
नयाँ शिक्षकको दरबन्दी निर्धारण
April 4, 2024

