हेडलाईनसमाचार

नेता पौडेलद्धारा सोती र क्षत्री परिवारलाई भेटी समवेदना व्यक्त

दमौली खबर संवाददाता
दमौली, असोज २४ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलल व्यास नगरपालिका वडा नं. ८ सोतीवेशी स्थित नेपाली कांग्रेसका पूर्व सभापति एवं समाजसेवी स्वर्गीय बाबुराम सोतीको घरमा पुगी परिवारजनमा समवेदना व्यक्त गर्नु भएको छ । सोमवार व्यास नगरपालिका वडा नम्बर ८ सोती वेसीमा पुगि  पौडेलले बाबुराम सोती नेपाली कांग्रेसका बलियो खम्बा हुनुका साथै शिक्षा प्रेमी विकास प्रेमी तथा समाज सुधारक भएको चर्चा गदैृ उनको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको बताउनुभयो । त्यस अवसरमा गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री  डोवाटे विक, संविधानसभा सदस्य रामचन्द्र पोख्रेल, गण्डकी प्रदेश सभा सदस्य सरिता गुरुङ, नेपाली कांग्रेस महासमिति सदस्य पवित्रा पौडेल, नेपाली कांग्रेसका केन्द्रीय महाधिवशेन प्रतिनिधि अशोककुमार श्रेष्ठ, कांग्रेस नेता समुन्द्र गोदार, जिल्ला सदस्य कल्पना पोख्रेल लगायतले समवेदना व्यक्त गर्नु भएको थियो  । स्वर्गीय सोतीको श्रीमति, ५ छोरी र २ छोरा रहेका छन ।
यसैबिच पौडेलले सोमवार अमरापुरी निवासी समाजसेवी स्वर्गीय डा. हस्त बहादुर क्षत्रीको परिवारजनलाई भेटी समेवेदना व्यक्त गर्नु भएको छ । गत १७ गते डाक्टर क्षेत्रीको  निधन भएको थियो । पौडेलले स्वगीय क्षत्रीको परिवारजनलाई भेटी धैर्य धारण गर्ने शक्ति मिलोस र स्वर्गीय क्षत्रीको आत्मानको चिर शान्तिको कामना व्यक्त गर्र्दै गहिरो समवेदना व्यक्त गर्नु भएको थियो ।
Show More

Related Articles

Back to top button