हेडलाईनसमाचार

पतञ्जली योग विज्ञान शिविर सुरु

दमौली खबर संवाददाता
दमौली, भदौ २८ । व्यास–२ दमौली स्थित उत्तरशिला टोल मा १० दिने पतञ्जली योग विज्ञान शिविर सुरु भएको छ । गरौं योग रहौं निरोग भन्ने मुल नाराका साथ भएको उक्त शिविरको व्यास नगरपालिका २ का वडाध्यक्ष काशीराम श्रेष्ठले उद्घाटन गर्नुभयो  ।
  उत्तरशिला टोल विकास संस्थाका अध्यक्ष हरिश्चरण घिमिरेको अध्यक्षतामा भएको उक्त शिविरमा पतञ्जली योग समिति तनहुँका अध्यक्ष मान बहादुर आले, जिल्ला सङ्गठन मन्त्री अर्जुन श्रेष्ठ, प्रभारी चिकित्सक मोतिलाल श्रेष्ठ, प्रभारी रेखा श्रेष्ठ, टोल  विकास संस्थाका सचिव दिपा थापा लगायतको रोग लागेर उपचार गर्नु भन्दा योग गरेर निरोगी बन्न मानिसलाई  उत्प्रेरित गर्न जरुरी रहेको बताउनुभयो ।  शिविरमा उत्तरशिला टोलका दजनौँ संख्यामा स्थानीय व्यक्तिहरुको सहभागीता रहको छ । योग गर्नाले शारीरिक  तथा मानसिक रुपमा स्वास्थ्य रहन मद्धत गर्ने भएकाले व्यास नगरपालिका वडा नम्बर १ र २ का विभिन्न स्थानमा यतिवेला नियमित योग गर्नेहरुको संख्या दिनप्रतिदिन बढ्दै जान थालेको पतञ्जली योग समिति तनहुँका अध्यक्ष मान बहादुर आलेले बताउनुभयो ।
Show More

Related Articles

Back to top button