हेडलाईनसमाचारAll

नगरपालिका स्थित चेपाङ समुदायलाई सहयोग गरेका हुन् ।

तनहुँ, २८ मंसिर
व्यवसायी तथा समाजसेवी रजनजंग शाहीले आफ्नो जन्मउत्सवको अवसरमा आइतबार तनहुँका विभिन्न क्षेत्रमा सहयोग गरेका छन् । व्यास–२ घर भई हाल बेलायतमा बस्दै आएका शाहीले आफ्नो जन्मदिनको अवसर पारी स्वर्गीय मातापिताको स्मृतीमा व्यास नगरपालिका र बन्दीपुर गाँउपालिकाको एक÷एक विद्यालय, वृद्धाश्रम र भानु नगरपालिका स्थित चेपाङ समुदायलाई सहयोग गरेका हुन् ।
पिता चन्द्र बहादुर शाही र माता छविन्द्रकुमारी शाहीको स्मृतिमा रजनले व्यास–११ रामथुम्की स्थित चण्डेश्वरी आधारभूत विद्यालयका २२ जना बालबालिकालाई न्यानो कपडा वितरण गरेका छन् । विद्यालयमा अध्ययरत् सिमान्तकृत, विपन्न चेपाङ समुदायका बालबालिकालाई ट्रयाक सुट र जुत्तामोजा सहयोग गरेका हुन् ।
जन्मदिन मनाउने नाममा फजुल खर्च गर्नुभन्दा वृद्धवृद्धा तथा बालबालिकालाई सहयोग गर्न पाउँदा खुशी लागेको शाहीले बताए । सामाजिक उत्तरदायित्व बहन गर्दै आफुले परदेशमा कमाएको केही अंश आफ्नो भूमिमा सहयोग गर्न पाउनु गर्वको कुरा हो उनले भने । फजुल खर्च गर्न भन्दा सामाजिक काममा गरिने योगदानले बालबालिकाको शैक्षिक गुणस्तर उकास्न मदत पुग्ने भन्दै शाहीले स्वदेश तथा विदेशमा रहेका साथीभाईरुलाई यसरी नै मदत गर्न आग्रह समेत गरे ।
विद्यालयका प्रधानाध्यापक शंकर रानाभाट र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर परियारले विदेशमा परिश्रम गरी स्वदेशको शैक्षिक विकासमा शाहीले गरेको योगदान प्रशंसनीय रहेको बताए ।

Show More

Related Articles

Back to top button