हेडलाईनसमाचार

मेयर कप फुटबल प्रतियोगितामा सात खेल पुरा

दमौली, भदौ ११
दमौलीको विपी वनबाटिकामा आयोजित प्रथम मेयर कप पुरुष खुल्ला फुटबल प्रतियोगिता २०७९ अन्तर्गत शनिबार ७ खेल सम्पन्न भएका छन । दोस्रो चरणका ७ वटा खेल सम्पन्न भएको आयोजक शितल चोक युथ क्लबले जनाएको छ ।  शनिबारको खेलमा बयरघारी, लोकतान्त्रिक, गन्य एफसी, भादगाउँ एफसी, नमस्ते देउराली, न्यू बुद्ध एफसी, आयोजक शितल चोक बि विजयी भएका छन ।
पहिलो खेलमा बयरघारी स्याङजाले भिवाइसी बि लाई २–०, दोस्रो खेलमा वाक ओभरमा लोकतान्त्रिक एफसी विजयी भएका छन । तेस्रो खेलमा गन्य एफसीले भिवाइसी ए व्यास ४ लाई १–०, चौथो खेलमा भादगाउँ एफसीले न्यू जेनेरेसनलाई १–०, पाँचौ खेलमा नमस्ते देउरालीले बागबजार लाई २–०, छैटौ खेलमा न्यू बुद्ध एफसीले शुक्लागण्डकी दुलेगौडालाई २–०, सातौ खेलमा आयोजक शितल चोक बि ले रामज्योति एफसीलाई ट्राइब्रेकरमा ३–२ गोलले पराजित गरेको सचिवालय व्यवस्थापन समितिका संयोजक माधव न्यौपानेले बताउनुभयो  ।
प्रतियोगितामा प्रथम हुनेलाई २ लाख २ हजार २ सय २२ र द्वितीय हुनेलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक राजेश मल्लले जानकारी दिनुभयो
प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, घोषित गरी जनही ७ हजार ५ सय रुपैयाँ र मेडल प्रदान गरिने मल्लले बताउनुभयो  । क्वाटर फाइनलका खेलदेखि म्यान अफ दी म्याच घोषित गरी आकर्षक पुरस्कार प्रदान गरिने खेल संयोजक राजेश मल्लले बताउनुभयो  । प्रतियोगितामा ४२ वटा टिमको सहभागिता रहेको छ । आइतबारसम्ममा दोस्रो चरणका खेल सकिने आयोजकले जनाएको छ ।
Show More

Related Articles

Back to top button