समाचार

तिहारपछि व्यासका विद्यालय खुल्ने

व्यास नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालय तिहारपछि मात्र खुल्ने भएका छन् । नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा शनिबार बसेको बैठकले बैठकले कोभिड १९ संक्रमणको जोखिम बढ्दै गएकाले मंसीर २ गतेसम्म प्रत्यक्ष कक्षा सञ्चालन नगर्न निर्देशन दिएको छ । नगरप्रमुख न्यौपाने, उपप्रमुख मिरा जोशी, संस्थागत तथा सामुदायिक विद्यालयका प्रतिनिधिलगायत सरोकारवालाको बैठकले तिहारसम्म प्रत्यक्ष कक्षा चलाउन कोरोनको जोखिम झन् बढ्ने भन्दै अन्य वैकल्पीक विधिबाट पठनपाठन गर्न विद्यालयहरुलाई आग्रह गरिएको छ ।

नगरपालिकाले शनिबार एक विज्ञप्ती जारी गदै मौसमी परिवर्तनका कारण समुदायमा रुघा, खोकी देखिएको र यसले कोभिड १९ को संक्रमण विस्तार गर्न सक्ने विज्ञको राय आएको भन्दै तिहारको भाईटिकाको भोलिपल्टसम्मका लागि विद्यालयमा प्रत्यक्ष कक्षा सञ्चालन नगर्न विद्यालयहरुलाई निर्देशन गरिएको छ । त्यस्तै कक्षा ११ सञ्चालन भएका विद्यालयहरुले स्वास्थ्य मापदण्ड पालना गरेर पूर्व निर्धारित तालिका अनुसार परीक्षा चलाउन भने अनुमति दिइएको छ ।

Show More

Related Articles

Back to top button