Uncategorized

३१ औं मगर दिवस, एकतामा जोड


दमौली खबर संवाददाता
फागुन १५, दमौली ।३८ औं मगर दिबस तनहँुमा पनि भब्यताका साथ मनाइएको छ । नेपाल मगर संघ जिल्ला समिती तनहँुको मगर दिवस मनाइएको हो ।
मगर दिवसको अबसरमा तनहँुमा रहेका मगर समुदायले दमौलीको व्यास ३ अनसन चौतारीमा यालीको आयोजना गरेका थिए ।। मगर भेषभुषामा सजिएका मगर समदायले नाचगान गर्दै रमाउँदै मगर दिवस मनाएका छन । ¥याली पछीको कार्यक्रममा तनहँु उद्योग वाणिज्य संघको सभा हलमा एक कार्यक्रम गरिएको थियो ।


कार्यक्रममा बोल्ने अधिकांस बक्ताहरुले अन्य जातजातीको दिबसमा सरकारले सार्बजनीक बिदा दिने गरेपनि आफनो जातीको दिबसमा सार्बजनीक बिदा नदिएको भन्दै सरकारको आलोचना गरे । उनिहरुले मगर दिवसको अबसरमा पनि सार्बजनीक बिदा दिनुपर्ने माग गरेका छन । ¥यालीमा ३८ औं मगर एकता दिवस सफल पारौं, मगर एकता दिवस जिन्दावाद लगायतका नाराहरु लगाएका थिए । यसै बीच व्यास ६ सेखाटारमा पनि मगर दिवस मनाईएको छ । लोक बहादुर थापाको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि व्यास नगरपालिकाका नगर प्रमुख वैकुण्ठ न्यौपाने रहेका थिए ।
कार्यक्रममा वडा अध्यक्ष सुर्यभक्त भण्डारी, वडा सदस्य लक्ष्मि के.सी, ढालप्रसाद घिमिरे लगायतको उपस्थिती रहेको कार्यक्रम सञ्चालिका लक्ष्मी थापाले जानकारी दिईन् । त्यस्तै मगर दिवसको अवसर पारेर म्याग्दे गाँउपालिकाले सार्वजनिक बिदा समेत दिईएको थियो ।

Show More

Related Articles

Back to top button