विचारUncategorized

एकै परिवारको दुई जनालाई कोरोना

जिल्लाको व्यास नगरपालिका वडा नं १० वैरेनीको एकै परिवारको दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको विवरण अनुसार २१ र १२ वर्षीय महिनामा कोरोना संक्रमण पुष्टि भएको होे । उनिहरुको नाता दिदिबहिनी रहेका उनिहरुको केही दिन अघि शुक्लागण्डकी नगरपालिका बेलचौतरा स्थित जिपी कोइराला श्रावसप्रश्वास उपचार केन्द्रबाट स्वांब संकलन गरि परीक्षणको लागि पोखरा पठाईएको थियो । दुबै जनालाई ज्वरो आएपछि उपचारका लागि जिपि कोईराला उपचार केन्द्रमा पुगेका थिए ।

कोरोनाको लक्षण सँग मिल्दोजुल्दो भएपनि उनिहरु दुबैको स्वांब गरि पठाएकोमा रिपोर्ट पोजेटिभ आएको केन्द्रका कार्यकारी निर्देशक डा.रामकुमार श्रेष्ठले बताए । त्यस्तै उपचार गर्नु अघि दुबै संक्रमीतले कुनै मेडिकल पसलबाट औषधी समेत खरिद गरिएको खुलेको छ । उनिहरुलाई व्यास नगरपालिकाको आईशोलेसनमा राखिने भएको छ । यसैबीच देवघाट गाँउपालिकाका पाँच संक्रमित निको भएर घर फर्किएका छन् । कोरोना संक्रमण पुष्टि भएर २० दिन देखि होम आइशोलेसनमा बसेका पाँच जना कोरोना संक्रमित आईतबार निको भएका हुन् ।

 

 

Show More

Related Articles

Back to top button