समाचारम्याग्दे

१० दिने गुडिया बनाउने तालिम सम्पन्न

म्याग्दे गाउँपालिकाको आयोजनामा भएको १० दिने गुडिया तथा सजावटका सामाग्री निर्माण तालिमको शनिबार समापन भएको छ । गरिबी निवारणका लागि लघु उद्धम बिकास कार्यक्रम सीप विकास कार्यक्रम मार्फत १० दिने तालिम दिईएको थियो । तालिमको समापन कार्यक्रममा बोल्दै म्याग्दे गाउँपालीकाकी अध्यक्ष मायादेवी रानाले सीप सिकेर ब्यबहारमा उतार्नु पर्ने बताइन् । गाउँपालिका भित्रका महिला दिदिबहिनी हरू लाई आत्मनिर्भर बनाउन तालिम उपयोगी हुनेमा आँफु विश्वस्त रहेको उनले बताईन् ।

कार्यक्रममा म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले तालिममा रहेको उत्साहा भोलिका दिनमा पनि निरन्तर दिई ब्यबहारमा उतार्नुपर्ने बताए । प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारी , कार्यपालिका सदस्य बद्रीका घिमिरे , उद्योग शाखाका प्रमुख प्रदिप न्यौपाने लगायतको सहभागीता रहेको थियो । तालिममा नन्दकुमारि राई र कविता नेपाली प्रशिक्षक रहेका थिए भने सविता श्रेष्ठले सहजिकरण गरेको उद्धम बिकास सहजकर्ता शुष्मा नागिलाले बताइन् । तालिममा ३४ जना महिलाको सहभागिता रहेको थियो । म्याग्दे ४ का अध्यक्ष प्रेमबहादुर थापाको अध्यक्षतामा तालिमको समापन गरिएको थियो ।

Show More

Related Articles

Back to top button