समाचार

सानिमा लाईफ चौथो वर्षमा प्रवेश

सानिमा लाईफ इन्स्योरेन्स कम्पनी चौथो वर्षमा प्रवेश गरेको छ । चौथो बार्षिकोत्सवको मनाई कम्पनीले आगामी दिनमा गर्ने सुखद यात्राका चित्रहरु कोर्न सफल भएको छ । तथ्याङ्क तथा सूचांकहरुले सानिमा लाईफ इन्स्योरेन्स कम्पनी सफल कम्पनी बन्न अग्रसर हुँदै गरेको देखिएको छ । कूल एक अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले दशकौंदेखि नेपालमा बीमा व्यवसाय गर्दै कम्पनी तथा समकक्षी कम्पनीहरुसँग जुध्दै अघि बढ्ने क्रममा जीवन बीमा कोष, मुनाफा उल्लेख्य मात्रामा बृद्धि गर्न सफल भएको छ । यसैबी दमौलीमा रहेको सानिमा लाईफ ईन्स्योरेन्स कम्पनी शाखाले पनि एक कार्यक्रम गरि तेस्रो वार्षिकत्सव मनाएको छ ।

शाखाका प्रमुख सुजन वाग्लेले निरन्तर नविन योजना, ग्राहकको आर्थिक सुरक्षा, दीर्घकालिन सम्पन्नता तथा विश्वसनीय सेवा मार्फत नेतृत्वदायी भुमिका निर्वाह गरी मुलुकको समग्र विकासमा योगदान गर्ने परिकल्पना सहित कम्पनी अघि बढिरहेको बताए । शाखाले समयमा नै मुत्युदाबी रकम समेत भुक्तानी गदै आएको मार्केटिङ व्यवस्थापक अमित कैनिले बताए । उनका अनुसार सानिमा लाईफ इन्स्योरेन्स कम्पनीले बीमितहरुका लागि एक दर्जन वटा बीमा प्रडक्ट जारी गर्दै आइरहेको छ ।

कम्पनीले हालसम्म सानिमा सरल तथा एकल भुक्तानी (सावधिक) जीवन बीमा योजना, सानिमा धनपति (अग्रिमभुक्तानी) जीवन बीमा योजना, सानिमा बाल सौगात (सावधिक) जीवन बीमा योजना, सानिमा दीर्घायु (आजीवन) जीवन बीमा योजना, सानिमा दम्पति जीवन बीमा योजना, सानिमा शुभ लक्ष्मी जीवन बीमा योजना, सानिमा धन फिर्ता जीवन बीमा योजना, सानिमाधन सञ्चय जीवन बीमा योजना, सानिमा म्यादी जीवन बीमा योजना, सानिमा कर्जा म्यादी लघु बीमा योजना सञ्चालन गर्दै आएको छ । उक्त कम्पनीले हाल पुनर्बीमाको लागि नेपाल पुनर्बीमा कम्पनीसँग सहकार्य गर्दै आएको जनाएको छ । कम्पनी ऐन २०६३ र बीमा ऐन २०४९ अन्तर्गत २०६४ सालमा दर्ता भएको यस कम्पनीले २०७४ मंसिर २२ गतेबाट सेवा शुभारम्भ गरेकोमा तीन वर्षको अवधीमा जीवन बीमा कोषमा एक अर्ब १८ करोड रुपैयाँ जम्मा गरेको छ ।

Show More

Related Articles

Back to top button