फोटो गल्लेरीपत्रपत्रिकाबाट

सरकारी चेतावनीपछि पनि रोकिएन प्रदर्शन, दमौलीमा पनि युवाहरुले गरे सरकार विरुद्ध प्रर्दशन

दमौली, सरकारले हिजो शुक्रबार सूचना जारी गरेर सडक आन्दोलन नगर्न चेतावनी दिए पनि आज तनहँुको दमौलीमा सरकार विरोधी प्रदर्शन गरिएको छ ।सामाजिक सञ्जालमा आवद्ध युवाहरुको समूहले प्रधानमन्त्री निवास वालुवाटारमा गरेको प्रदर्शन पछि गृह मन्त्रालयले एक सूचना जारी गरी लकडाउनको उल्लंघन गरेर सडकमा प्रदर्शन गर्नेलाई कानून बमोजिम कारवाही गर्ने चेतावनी दिएको थियो । तर गृहको सूचनाको प्रर्वाह नगरी आज पनि तनहँुको दमौलीमा स्वतस्फुर्तरुपमा भेला भएका युवाहरुको समूहले प्रदर्शनलाई निरन्तरत राखेका छन् । ‘पीसीआर टेष्टको दायरा बढाउनु पर्ने , प्रभावहिन बनेको आरडीटी परीक्षण रोक्नु पर्ने , मृत्युशैया तुल्य र भाइरसको संक्रमण फैलावटको कारक बनेको क्वारेन्टाइनको सुधार गर्नु पर्ने , मेडिकल क्षमताको विस्तार गर्नुपर्ने , अग्रपंक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीको सुरक्षा र स्वाभिमानको सुनिश्चिता गर्र्नु पर्ने , कोरोना नियन्त्रणमा खर्च गरिएको भनिएको १० अर्ब खर्चको पारदर्शिता सार्वजनिक गर्नु पर्नेलगायतका माग राखेर गत सातादेखि देश भरिका बिभिन्न भागमा यो समूहले प्रदर्शन गर्दै आएको छ ।दिनानुदिन प्रदर्शनमा स्वतस्फुर्तरुपमा युवाहरुको सहभागिता थपिदो छ भने प्रदर्शन देशव्यापी समेत बन्न पुगेको छ । हिजो शुक्रबार नै यही प्रकृतिको विरोध कार्यक्रम विराटनगर , पोखरा ,जनकपुर ,बीरगञ्जलगायतका ठाउँमा समेत आयोजना भएका थिए ।आज दमौलीमा गरिएको शान्तिपूर्ण प्रदर्शन डेढ घन्टा गरिएको थियो ।

Show More

Related Articles

Back to top button