Uncategorizedपत्रपत्रिकाबाट

लक डाउनमा मस्जिद अनुगमन गर्दै संसद खान्

दमौली खबर संवाददाता
बैशाख १५ दमौली
तनहुँकी समानुपातिक संसद कलिला खान् ले लक डाउनमा मस्जिद अनुगमन गरेकी छिन् । मुस्लिम समुदायको महान चाड रमजान यही लक डाउनको समयमा परेको र सरकारले कोरोना भाइरसलाई मध्यनजर गर्दै ठुला भिडभाडमा रोक लगाएको थियो । केही दिन अघि नेपाल मुस्लिम आयोगले लक डाउनमा मस्जिद अनुगमन गर्न समिति गठन गरेको छ । आयोगले गठन गरेको समितिमा तनहुँबाट समानुपातिक संसद कलिला खान् संयोजकको रुपमा तनहुँ र स्याङजाको अनुगमन गर्न मनोनय गरेको थियो । संसद खान् ले तनहुँमा रहेको बिभिन्न मस्जिद अनुगमन गरेकी छिन् । सोमबार तनहुँको सेखाटारमा मुस्लिम समुदाय संग भेटघाट गर्दै यो समयमा घरमै बसेर नमाज पढ्न सुझएकी हुन् । समाजिक संजाल फेस्बुकमा लेख्दै उनले कतै पनि मस्जिदमा भेला भई नमाज पढेको नपाइएको बताइन् ।  उनले भेटघाट कार्यक्रममा बोल्दै सामाजिक दुरी कायम राख्न, मास्क पञ्जा जस्ता सामाग्री प्रयोग गर्न समेत अनुरोध गरेकी थिइन् । यस्तै संसद खान् ले यो रमजानको समयमा कसैलाई दुख परेको खण्ड आफुलाई सम्झन आग्रह गरेकी छन् ।

Show More

Related Articles

Back to top button