हेडलाईनसमाचारAll

सत्यवतीको प्रधानाध्पापकमा पहिलो पटक महिला नियुक्त

दमौली खबर संवाददाता

दमौली, वैशाख १८

तनहुँको व्यास नगरपालिका–२, दमौली स्थित सत्यवती माध्यामिक विद्यालयमा पहिलो पटक महिला प्रधानाध्यापकमा नियुक्त हुनु भएको छ ।

सोही विद्यालयमा माध्यामिक तहमा कार्यरत शिक्षिका पुष्पकलाभट्टराईलाई विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापकमा चयन गरेपछि महिलाले पहिलो पटक अवसर मिलेको हो ।

विद्यालयका निर्बतमान एकबहादुर गुुरुङको वैशाख १५ गते कार्य अवधि समाप्त भएपछि समितिले भट्टराईलाई सिफारिस गरेको हो । वि.स. २०३३ सालमा स्थापना भएको यस विद्यालयले स्थापना भएको ४७ वर्ष पछि महिलाले जिम्मेवारी दिँदा खुसी लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुणराज काफ्लेले बताउनुभयो ।

नवनियुक्त प्रधानाध्यापक भट्टराईलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुणराज काफ्ले, व्यास नगरपालिका वडा नम्बर २ का वडा सदस्य सुरेश वाग्ले, शिक्षक अभिभावक संघका अध्यक्ष सोमराज सिग्देल, लगायतले पदस्थापन गर्नुभयो । सो अवसरमा भट्टराईले सत्यवतीको गरिमा उच्च राख्ने गरी काम गर्ने बताउनुभयो । पदस्थापन कार्यक्रममा विद्यालयका निबर्तमान प्रधानाध्यापक एकबहादुर गुरुङलाई राम्रो कार्य गरे बापत दोसल्ला ओडाएर सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा पूर्व प्रअ इन्द्रप्रसाद पौडेल लगायतले सफल कार्यकालको कामना व्यक्त गर्नु भएको थियो । प्रधानाध्यापक भट्टराईले अंग्रेजी विषयमा एफएम फिल उत्तिर्ण गर्नु भएको छ भने विद्यावारिधीको समेत अध्ययन गरिरहनु भएको छ ।

पदभार ग्रहण गर्दै प्रधानाध्यापक भट्टराईले सबैको साथ र सहयोगले गर्दा यहाँ सम्म आएको उल्लेख गर्दै सत्यवतीको गरिमालाई अझै उचाईमा पु¥याउनको लागि घरलाई भन्दा विद्यालयलाई प्राथमिकता दिएर काम गर्ने बताउनुभयो । ‘‘केटाकोटी हुर्किएका छन् पूर्ण रुपले विद्यालयलाई समय दिन सक्छु’’ प्रधानाध्यापक भट्टराईले भन्नुभयो । भट्टराईले बेलायतमा समेत दुई वर्ष अध्ययन गरेकोले अन्तराष्ट्रिय स्तरको पठनपाठन सम्बन्धि ज्ञान समेत रहेकोले सत्यवतीको स्तर थप माथि उकासिने अपेक्षा गरिएको छ ।

Show More

Related Articles

Back to top button