हेडलाईनसमाचारAll

आमा र छोरा १५ दिनदेखि वेपत्ता हुँदा परिवारजन तनावमा

दमौली खबर संवाददाता

तनहुँ, वैशाख १८

तनहुँको व्यास नगरपालिका–१० विपी भञ्ज्याङ निवासी २० वर्षिय राममाया विक र उहाँको ४ वर्षको छोरा लप्सन विक १४ दिनदेखि बेपत्ता हुनुभएको छ ।

श्रीमान लोकबहादुर विकले वैशाख ३ गते विहान देखि घर नआएको माईती घर तथा आफन्तकोमा खोजी गर्दा पनि फेला नपरेको बताउनुभयो । आमा र छोरा खोजीका लागि प्रहरी कार्यलयमा जाहेरी दिए पनि कुनै खबर नआएको बताउनुभयो । लामो समयदेखि बेखर हुँदा परिवारजन चिन्तामा परेका छन् । उहाँहरुलाई फेला पार्नेले नजिकको प्रहरी चौकीमा वा ९७६२२८०५७७ र ९८२०२५८१३२ नम्बर खबर गर्न परिवारजनले आग्रह गरेका छन् । लामो समयदेखि वेपत्ता भएपछि परिवारजन तनावमा छन् । भारतको रोजगारीमा रहनु भएका विक श्रीमती हराएको खबर आएपछि नेपाल फर्किनु भएको छ ।

विकले वेपत्ता परिवारको खेजी गरिदिन अपिल गर्नु भएको छ । आफ्ना लगायत सबै तिर खोजी गर्दा पनि श्रीमति र छोराको पत्तो नलागेपछि उहाँले प्रहरी, नागरिक समाज र पत्रकारलाई परिवारको खोजी गरिदिन अपिल गर्नु भएको हो ।

Show More

Related Articles

Back to top button