Uncategorizedपत्रपत्रिकाबाट

बिहान ८ बजे देखि १२ बजेसम्म बजार खोल्न पाईने

दमौली खबर सम्वाददाता,

जेठ २६, दमौली ,तनहँुको सदरमुकाम दमौलीका व्यवसायीहरुले दिउँसो समयमा व्यवसाय खुल्न पाउनु पर्ने माग गरेका छन् । व्यास नगरपालिकाले विहानको समयमा व्यवसाय खोल्न निर्देशन दिएको थियो । नगरपालिकाले गत हप्ता ४ दिन दैनिक ४ घण्टा बजार खुल्ला गर्दै आएको थियो । लकडाउनलाई खुकुलो बनाउने नीति लिँदै आइतबारदेखि शुक्रबारसम्म बिहानको समयमा सबै पसल सञ्चालन गर्ने नगरपालिकाले निर्णय गरि अनुमति दिएको थियो । तर, दमौली स्थित सफासडकका व्यवसायीहरुले भने यो निर्णयको विरोध गर्दै आइतबार दिउँसो सडकमा उत्रिएका छन् । उनिहरुले विहानको समयमा व्यापार व्यवसाय खोल्न उपयुक्त नभएको र दिउँसो बैंक तथा वित्तीय संस्थासंगै अन्य व्यापार व्यवसाय पनि खोल्न पाउनुपर्ने माग गरेका छन् । तर यता व्यास नगरपालिकाका नगरप्रमखु वैकुण्ठ न्यौपानले बिहानको समयमा व्यवसाय खुलाउदाँ मानिसहरुको चहलपहल कम हुने र कोरोनाको जोखिम पनि कम हुने बताएका छन् । उनले भने,‘ दिउसोको समयमा पसलहरु खेल्न दिदा अत्याआवश्यक बाहेका पसलहरु पनि खुल्न थाले जसकारण मानिसहरुको भिडभाड बढी भयो । ’ दिउसोको समयमा व्यवसाय खोल्न लगाउदाँ अत्याआवश्यक बाहेकका पनि व्यवसायहरु खुलेका कारण यस्तो निर्णय गरेको उनले बताए । यता तनहँु उदोग वाणिज्यका प्रथम उपाध्यक्ष वैकुण्ठनाथ मिश्रले विहान ९ बजे देखि १ बजे सम्म व्यवसाय खोल्दा सबै व्यवासायीहरुको हित हुने बताएका छन् । आज उद्योग वाणिज्य संघले बसेको वैठक अनुसार बैंक तथा वित्तिय संस्थालाई ६ दिन खोल्न लगाउनु पर्ने उनको भनाई छ । विश्वभरि महामारीको रुपमा फैलि रहेको कोराना भाईरस विरुद्ध सबै आ–आफनो ठाँउ बाट उच्च रुपमा सर्तकता अपनाउनु पर्ने विज्ञहरु बताउन्छन् । यसैबीच नगरपालिकाले एक विज्ञप्ती निकाल्दै समयअवधी परिर्वतन गरेको छ । सोमबार देखि लागु हुने गरि नगरपालिकाले विहान ८ बजे देखि १२ बजे सम्म अत्याआवश्यक व्यवसाय सञ्चालन गर्ने गरि समय परिर्वतन गरेको छ । त्यस्तै दुवानी व्यवसायहरुको लागि विहान ६ बजे देखि १२ बजे सम्म मात्र र अन्य औषधी पसल, कृषि व्यवसाय सँग सम्बन्धीत व्यवसाय पुरै समय खोल्न पाईने भएको छ । त्यस्तै बैंकहरुलाई साविककै समयान’सार ६ दिन खोल्न लगाईनएको छ ।

Show More

Related Articles

Back to top button