समाचारव्यासनगरपालिका

शाही व्यास नगरपालिकाको अवैतनिक युवा सल्लाहकारमा मनोनित


राजेन्द्र परियार
फागुन १७ 
दमौली घर भई हाल बेलायत बस्दै आएका समाजसेवी युवा रजन जंग शाही व्यास नगरपालिकाको अवैतनिक युवा सल्लाहकारको रुपमा मनोनित भएका छन् । व्यास नगरपालिका घरभई लामो समय बेलायतमा रहदै आएका शाहीलाई नगरपलिकाको २०७७ ०९ २२ गतेको निर्णय अनुसार व्यासका गैर आवसीय नेपाली युवाहरुलाई समन्वय गर्ने गरी सल्लाहकारमा मनोनित गरेको छ । व्यास नगरपालिका घरभई थाई रुपमा विभिन्न देशमा बसोबास गर्दै आएका युवाहरुलाई समन्वय गर्ने व्यास नगरपालिकाको अवैतनिक युवाहरुको सल्लाहकारको रुपमा पाचँ बर्षका लागि नियुक्त भएका छन । उनको अवैतनिक युवाहरुको नगरपालिकामा के भुमिका हुन सक्छ भन्ने बिषयमा सल्लाह दिने छन् ।

शाहीले आफुलाई अवैतनिक युवा सल्लाहकारमा मनोनित गरेकोमा व्यास नगरपालिका र मेयरलाई आभार व्यक्त गरेका छन् । समाजिक संजाल फेस्बुकमा लेख्दै उनले नगरपालिका परिवार प्रति धन्यवाद दिएका छन ।

Show More

Related Articles

Back to top button