हेडलाईनसमाचार

शहीद कट्टेलको स्मृति दिवसमा शिसाघाटमा निशुल्क स्वास्थ्य शिविर

दमौली खबर संवाददाता

दमौली, चैत्र, २८

शहीद विष्णु जमरकट्टेल र स्वगिय तिलबहादुर शाहीको स्मृतिमा व्यास नगर नगरपालिका–६ शिसाघाटमा निशुल्क स्वास्थ्य शिविर गरिएको छ । शिविरमा ५०० जना लाभान्वित भएका छन् ।

शिविरमा स्त्रीरोग विशेषज्ञ डा. विपना गुरुङ, हार्डजोर्नी, नशा नशारोग विशेषज्ञ डा. सुमन लामिछाने, बालरोग विशेषज्ञ डा.दामोदर तिवारी, दाँत रोग विशेषज्ञ डा. डा. कन्चन ढकाल, जनरल फिजिसियनहरु डा.अपिल दवाडी, डा. सम्पदा पण्डित, डा. मनोज केसीले उपचार गर्नु भएको थियो । शिविर विष्णु जमर कट्टेलको स्मृति प्रतिष्ठानको आयोजन तथा नेशनल सिटी अस्पताल चितवन र सामुदायिक स्वास्थ्य केन्द्र नेपाल सौराहा, चितवनको सहयोगमा गरिएको थियो ।

शिविरको नेपाली कांग्रेसका उपसभापति तथा पूर्वमन्त्री धनराज गुरुङले उद्घाटन गर्नु भएको थियो । सो अवसरमा गुरुङले कांग्रेस भएकै कारण मारिएको स्मरण गर्दै सम्झौता सत्ताको लागि नभई शान्तिको लागि कांग्रेसले गरेको बताउनुभयो । साथै उहाँले सहिद विष्णु जमरकट्टेल जस्तै अरु पनि शहिद बन्न नपरोस् भनेर सम्झौता गरिएको बताउनुभयो । साथै गुरुङले देश भ्रष्ट्राचार बढेर पछि परेकोले २०४६ साल पछि सार्वजानिक पदमा बसेका नेता, जनप्रतिनिधी तथा कर्मचारीको सम्पत्ति छानबिन हुनु पर्ने बताउनुभयो ।

कांग्रेस पार्टीले जहिले पनि भ्रष्ट्राचारको बिरुद्ध रहेकोले सबै राजनीतिक दलका नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्छ, भनेर प्रस्ताप गरेको स्मरण गर्दै उपसभापति गुरुङले भन्नुभयो, भ्रष्ट्राचारको अन्त्य गर्न सकेमात्रै देश माथि उठ्न सक्छ । राजनीतिलाई शुद्धिकरणमा लैजानु पर्ने उहाँको भनाई थियो । वडाध्यक्ष भए देखिको त्यो भन्दा माथि सबैको सम्पत्ति छानबिन गर्नुपर्ने उहाँले बताउनुभयो । गुरुङले भन्नु भयो , सार्वजानिक पद धारणा गर्ने राजनीतिक दलका नेता तथा कर्मचारी सबैको सम्पत्ति छानबिन गर्नु पर्छ ।’ कार्यक्रममा नेपाली कांग्रेस तनहुँका निर्वतमान सभापति तथा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानले शहिद जमरकट्टेलले देखेको सपना पुरा गर्नु दायित्व रहेको स्मरण गर्दै प्रतिष्ठानको कामलाई मद्धत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रम प्रतिष्ठानका अध्यक्ष शान्ताराम घिमिरेको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नेपाली कांग्रेस तनहुँका उपसभापति देवकुमार श्रेष्ठ, संविधान सभा सदस्य रामचन्द्र पोखरेल, नेपाली कांग्रेस कास्कीका सचिव भानु ढकाल, नेपाली कांग्रेस क्षेत्र नम्बर २ सभापति चुडामणी दाहाल, शुक्लागण्डकी नगरपालिका प्रमुख कृष्णराज पण्डित, नेपाली कांग्रेस मध्यनेपालका उपसभापति नवराज पराजुली, व्यास नगर सभापति सूर्यचन्द्र हड्खले, व्यास नगरपालिका प्रवक्ता जीवन गुरुङ, परिवारको तर्फबाट राजेन्द्र जमरकट्टेल लगायतले यस्ता कार्यक्रमले शहीद विष्णु जमरकट्टेलको विकासको लागि पु¥याएको योगदानको भावी पुस्तालाई जानकारी दिन मद्धत पुग्ने विश्वास व्यक्त गर्नुभयो । स्वास्थ्य शिविर शहीदकै जन्मस्थलोमा गरिएको थियो । घरदैलोमा नै सेवा पाउँदा स्थानीय बासिन्दा खुसी भएका थिए ।

Show More

Related Articles

Back to top button