समाचार

रेडक्रसको ३८ औँ साधारण सभा सम्पन्न

दमौली खबर संवाददाता
नेपाल रेडक्रस सोसाइटी तनहुँ जिल्ला शाखाको ३८ औ जिल्ला बार्षिक साधारण सभा सम्पन्न भएको छ । व्यास नगरपालिकाको सभा हलमा भएको कार्यक्रमलो उद्घाटन जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले गरे । उनले बिपतको बेलामा रेडक्रसले गरेको अतुलनिय योगदान अमुल्य रहेको भन्दै निरन्तरता दिनुपर्ने बताए । रेडक्रससँग प्रत्येक स्थानीय निकाय लाइ समन्वय गरी सहकार्य गर्न को लागि प्रतिबद्धता रहेको उनले व्यक्त गरे ।

व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपानेले नगरपालिकाले डाइलासिस गर्नको निम्ति मृगौला फेल भएका बिरामीलाई मासिक एक हजार यातायात खर्च र अप्रेशन गर्न परे सहयोग रकम दिने गरेको बताए । उनले कसैको पनि पहुँचमा अस्पतालको औषधि पसल नरहेको जिकिर व्यक्त गरे । प्रमुख जिल्ला अधिकारी सागर आचर्यले रक्त सञ्चार भण्डारण गर्ने क्षमता नभएको बताउँदै रगतको अभाव हुने गरेको बताए ।

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय तदर्थ समिति सदस्य प्रदिप घिमिरे, नेपाल रेडक्रस सोसाइटी पुर्व जिल्ला सदस्य गोपाल प्रसाद भणडारी, उपशाखा दुम्सिकोट उपशाखाका सभापति राम दत्त पौडेल कलेस्ति उपशाखाका सभासद तथा पुर्व कोषाध्यक्ष नारायण दत्त पौडेल थप्रेक उपशाखाको सभापति केश माया गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए । आ बा २०७६।७७ को बार्शिक गतिविधि र २०७७।७८ को प्रस्तावित कार्यक्रम शाखाको मन्त्री चिनु पोख्रेल ले प्रस्तुत गरिन् भने आर्थिक प्रतिवेदन एवम् संशोधन शाखाका कोषाध्यक्ष हरिशरण पण्डितले प्रस्तुत गरे ।

Show More

Related Articles

Back to top button