समाचारAll

आफ्नो बोली गलपासो बन्यो उम्मेदवार गुरुङलाई गठबन्धनका श्रेष्ठले दोब्बर बढी मतान्तर जित्ने सम्भावन

दमौली खबर संवाददाता
दमौली, कात्तिक ३० । बोली मनभित्र रहिन्जेल आफ्नो नियन्त्रण र बाहिर निस्किए पछि अरुको नियन्त्रण हुन्छ भन्ने चरितार्थ भएको छ तनहुँका एमालेका प्रदेश सभा सदस्यका उम्मेदवार गुरुङलाई ।
वैशाख ३० गते स्थानीय तहको निर्वाचन भानु नगरपालिकाका प्रमुख निर्वाचित आनन्दराज त्रिपाठीको प्रशंसा गरेपछि असतुष्ट एमालेका कार्यकताले भोट नहाल्ने देखिएकोले गठबन्धनका साझा उम्मेदवार अशोक कुमार श्रेष्ठलाई फाइदा हुने देखिएको छ । गुरुङलाई अहिले त्यही बोली गलपासो भएको छ । गुरुङले त्रिपाठीलाई भोट मागेको भिडियो सार्वजानिक भएपछि एमालेका मतदाता रुष्ट भएका छन् । गठबन्धन नहुँदा पनि दुवै स्थानीय तहमा काँग्रेसले एमालेलाई भारी मतान्तरणले हराएकोले दोब्बर बढी मतले जिप्ने सम्भावना देखिएको हो ।
 व्यास र भानुमा काँग्रेस एक्लैले सहजै जित निकाल्ने ठाउँ हो त्यसमाथी माओवादीको भोट पनि थपिएको श्रेष्ठले गुरुङको भन्दा दोब्बर बढी मत ल्याएर जित्ने दाबी गर्नुहुन्छ काँग्रेस तनहुँका सचिव लक्ष्मीभत्त खनाल ।
Show More

Related Articles

Back to top button