हेडलाईनसमाचार

व्यास नगरपालिकाद्वारा सय दिनको प्रगति विवरण सार्वजानिक

दमौली÷१६, भदौ । स्थानीय तहका जनप्रतिनिधीले कार्यभार सम्हालेको एक सय दिन पुगिसेको छ । सय दिन पुगेको उपलक्ष्यमा व्यास नगपालिको बिहीबार दमौलीमा पत्रकार सम्मेलन गरी प्रगति विवरण सार्वजानिक गरेको छ ।
पत्रकार सम्मेलनमा नगर प्रमुख प्रमुख वैकुण्ठ न्यौपानेले १५ वटा प्रगति विवरणहरु सार्वजनिक गर्नुभयो  । ३७औं नगर सभा सम्पन्न गरी आर्थिक वर्ष २०७९÷०८० का लागि नीति तथा कार्यक्रम र बजेट पारित भएको, ७ वटा कार्यपालिकाको बैठकहरु सम्पन्न गरिएको, नगरपालिकाको कार्यालय र वडा कार्यालयहरुमा सहायता कक्ष स्थापना गरी २४सै घण्टा गुनासो सुन्न नपामा टोल फ्रि नम्बर कायम गरिएको जानकारी नगर प्रमुख न्यौपानेले पत्रकार सम्मेलनमा दिनुभयो । नगरपालिकाका पदाधिकारी र नगरबासीबीच अन्तर संवाद शुरु गरिएको, नगरपालिकाले निःशुल्क नक्सा बनाइ सम्बन्धित घर निर्माण कर्तालाई सहयोग गर्ने कार्य शुरुवात गरेको, पुराना पारित घर नक्सा फाइललाई डिजिटलाइजेसन गरिएको, वडा तहबाटै योजना सम्झौता गर्ने कार्य अगाडि बढाइएको न्यौपानेले बताउनुभयो ।
नगरपालिकाका योजनाहरु भुक्तानीलाई सरलीकृत गरी इएफटी मार्फत भुक्तानी दिने प्रणालीको शुरुवात गरिएको, जिपिएम र युसिएलजी एस्पैक जस्ता अन्तर्राष्ट्रिय संघसंस्थाहरुको सदस्यतालाई निरन्तरता दिइएको, प्रत्येक वडामा डिजिटल नागरिक वडापत्र, सिसी क्यामेरा र वायोमेट्रिक हाजिरीको ठेक्का प्रक्रिया अगाडि बढाइएको न्यौपानेले बताउनुभयो । त्यस्तै व्यास ७ सेसमटारमा समता विद्यालय स्थापना गरी ४३ जना बालबालिकालाई आवास सहित निःशुल्क पढ्ने व्यवस्था मिलाइएको, फोहोर मैला विर्सजनका लागि जग्गा खरिद गरी सरसफाई केन्द्र स्थापना गर्ने तयारी भइरहेको, बैरेनी जग्गा विकास योजना सम्पन्न गर्ने प्रक्रिया अगाडि बढाइएको, व्यासका योजनाहरुलाई डिजिटलाइजेसन गर्ने, शिक्षक दरबन्दी परिपूर्ति गर्न स्वयंसेवक शिक्षक भर्ना प्रक्रिया अघि बढाइएको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो । नगर क्षेत्रभित्र व्यवस्थित रंगशाला बनाइ युवाहरुलाई खेलकुद तर्फ आकर्षित गर्ने, व्यास २, १० र ११ मा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएको भए त्यसलाई हटाउने प्रक्रिया अगाडि बढाइने, सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने कार्यलाई अगाडि बढाइने उपप्रमुख इन्दिरा दरैले बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिला, व्यास नपाका प्रवक्ता जीवन गुरुङ लगायतकाले नगरपालिका र पत्रकारबिचको यस्ता कार्यक्रमले नगरपालिकालाई अगाडि बढ्न थप हौसला प्रदान गरेको बताउनुभयो । नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्ज्वल पौडेलले नगरपालिकाले लोककल्याणकारी विज्ञापन अतिरिक्त मेडिया हाउसलाई पूर्वाधार सुधारको लागि समेत ध्यान दिन सुझाव दिनु भएको थियो । मिडिया हाउसले रोजगारी समेत दिईरहेकोले हाउसको संरक्षणमा पनि ध्यान दिन अध्यक्ष पौडेलले आग्रह गर्नु भएको थियो ।
Show More

Related Articles

Back to top button