समाचारAll

व्यास नगरपालिकाद्धारा कृषि योग्य जमिनको वर्गिकरण गरिने

दमौली खबर संवाददाता
दमौली, मंसिर २१ । प्रतिफलमुखी कृषि बनाउन  व्यास नगरपालिकाले कृषि योग्य जमिनको वर्गिकरण गर्ने भएको छ । नगर भित्रका वडाहरु र नगर भूमि परिषद्को सिफारिसका आधारमा कृषि योग्य जमिनको वर्गिकरण गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।
खण्डिकृत जमिनमा परम्परागत रुपमा निर्वाहमुखी खेती प्रणालीको अवलम्बन गरिदाँ प्रतिफल मूखी नहुने भएकोले वर्गिकरण गर्ने निर्णय भएको नगर प्रमुख वैकुष्ठ न्यौपानेले बताउनुभयो । कृषि विकासका लागि भएका सरकारी प्रयासहरु सिमित स्रोत र साधनले एकीकृत रुपमा नभई छरिएर जाने गरेकाले प्रतिफलमुखी हुन सकेका नसकेको उहाँ बताउनहुन्छ । ‘कृषिलाई नाफामूलक व्यवसायका रुपमा स्थापित गर्न नसक्दा यस क्षेत्रमा लगानीका लागि निजि क्षेत्र र रोजगारीका लागि युवा उद्यमीहरु आकर्षित हुन सकेको छैन’ नगर प्रमुख न्यौपानेले भन्नुभयो, जमिनको वर्गिकरण  गरेर परिणाम मूखी कृषि पेशा बनाउन चाहेका छौं ।  गुणस्तरीय कृषि उत्पादन, सामग्रीहरुको उपलब्धता सुनिश्चित गर्न कृषि उपज उत्पादनमा यान्त्रीकरण अवलम्वन गर्न र कृषि विकासका लागि आवश्यक सिंचाई, कृषि सडक, ग्रामीण विद्युतिकरण, कृषि उद्योगहरुसँगको समन्वय गरी बजारमुखी उत्पादन गरी कृषिलाई व्यवसायका रुपमा अघि बढाउने योजना नगरपालिकाको छ ।
 कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने स्पष्ट मार्गचित्रका साथ कृषि उपजको उत्पादनका लागि आवश्यक प्रविधि तथा उत्पादन सामाग्रीको व्यवस्था, बाली÷वस्तु उत्पादनमा यान्त्रिकरण, प्रशोधन तथा बजारीकरणको लागि आवश्यक पूर्वाधारको व्यवस्था जस्ता कार्य गरिने नगरपालिको जनाएको छ । प्रवक्ता जीवन गुरुङद्धारा जारी विज्ञप्तीमा व्यास नगर कार्यपालिकाको बैठक नगर प्रमुख न्यौपानेको अध्यक्षतामा बसेको वैठकले जग्गा वर्गिकरण गर्ने निर्णय गरेको जनाईएको छ ।  उक्त बैठकमा उप–प्रमुख इन्दिरा दरै प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिला, वडा अध्यक्षहरु र कार्यपालिका सदस्यहरुको उपस्थितिमा सो निर्णय भएको छ ।
व्यास नगरपालिकाको ३८ औं नगर सभा २०७९ पौष २८ र २९ हुने
व्यास नगरपालिकाले ३८ औं नगर सभा २०७९ पौष २८ र २९ गते गर्ने निर्णय गरिएको छ । कर्मचारी अतिरिक्त सेवा सुविधा सम्बन्धि कार्यविधि, २०७९ पारित गर्ने निर्णय गरिएको छ ।  यि सबै निर्णय बुधबार बसेको  कार्यपालिकाको बैठकले गरेको हो । गरी वैठकले  नगर लोक कल्याणकारी गतिविधि प्रकाशन प्रशारणार्थ यस नगर क्षेत्र भित्र रहि सञ्चालनमा रहेका रेडियो, पत्रपत्रिका र अन्य सञ्चारका माध्यम मार्फत नगर लोक कल्याणकारी सन्देश प्रकाशन र प्रशारण गर्न सम्झौता गर्ने निर्णय गरिएको छ ।
Show More

Related Articles

Back to top button