हेडलाईनसमाचारAll

वरिष्ठ नेता पौडेलद्धारा दुःख व्यक्त

दमौली खबर संवाददाता
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो भनाईलाई अतिरञ्जित गराईको भन्दै ध्यानाकर्षण भएको उल्लेख गर्नु भएको छ । नेता पौडेलले आईतबार विज्ञप्ती मार्फत ध्यानाकर्षण गर्नु भएको हो ।
विज्ञप्तीमा नेपाली कांग्रेस जिल्ला कार्य समिति तनहुँको आयोजनामा भएको जनताको साथमा काँग्रेसको अभियान समापन एवं वि.पी जयन्तीको दिन भाद्र २४ गते दमौलीमा आयोजित कार्यक्रमको नेता पौडेलले ध्यानाकर्षण गर्नु भएको जनाउनु भएको छ । तनहुँको  म्याग्दे गाउँपालिका १ गुणादी वाट दमौली बजारमा आईरहेको पानी पहिला चुनिया भई दमौली बजार वासीको स्वास्थ्यलाई ध्यान दिदै नेपाली कांग्रेसको पहलमा नै दमौली वजारमा ठुलो आधुनिक ट्रिटमेन्ट पल्लान्ट सहितको मादी नदीको पानी लिफ्टीङ्ग गराएर वितरण गरेको भन्ने मन्तव्य लाई अतिरञ्जीत गराई चुर्ना परेको भनि भन्नुभएको भनेर प्रचार गरीएको मा हाम्रो ध्यान आकर्षण भएको जनाउनु भएको । उहाँले त्यस्तो आसयले उक्त कुरा नभनेको समेत जानकारी गराउदै गुणादी वासीको भावनामा पर्न गएको चोट प्रति विज्ञप्तीमा दुः ख व्यक्त गर्नु भएको हो ।
यस्तै नेपाली काँग्रेस तनहुँले सो घटना प्रति ध्यानाकर्षण भएको जनाएको छ । सचिव लक्ष्मी खनालद्धारा आईतबार जारी विज्ञप्ती ध्याकार्षण भएको उल्लेख गरिएको हो । विज्ञप्ती वरिष्ठ नेता पौडेलले मन्तव्य दिने क्रममा गुणादीबाट ल्याएको पानी दमौली बजारमा अप्राप्त भई, र त्यो पानीमा चुनासमेत भएकोले वैकल्पिक स्रोतको रुपमा मादी नदीको स्वच्छ पानीको योजना बनाउने कार्यलाई नेपाली काँग्रेसको सहयोग रहेको भन्ने बोल्नु भएको विषयलाई चुर्ना परेको पानी भनि अन्यथा प्रचार भएकोले ध्यानाकर्षण भएको जनाईएको छ । त्यस्तै दमौली खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाले पनि विज्ञप्ती जारी गरेको छ । सस्थाकी सचिव गौकुमारी न्यौपानेद्धारा जारी विज्ञप्तीमाशुद्धीकरण गरिएको पानी मात्रै वितरण गरिएको पानी पिउनको लागि योग्य भएको जनाएको छ ।
Show More

Related Articles

Back to top button