समाचार

वीपी विचार समाज तनहँुको उपसभापतिमा भण्डारी, सचिवमा पुनः पण्डित

वीपी विचार समाज तनहँुको उपसभापतिमा गोपाल प्रसाद भण्डारी मनोनित भएका छन् । समाजको नव निर्वाचित सभापति डिल्लीराम अधिकारीले समाजको विधानको अधिनमा रहि पदाधिकारी एवंम् सदस्यहरुको मनोनय सुरु गरेका हुन्। सोही अनुसार समाजको उपसभापतिमा भण्डारी र सचिवमा हरिशरण पण्डित मनोनित भएका छन् ।

उनिहरुलाई बुधबार मनोनित गरिएको हो । समाजको सस्थापक सचिव रहेका पण्डितलाई पुन ः सचिवमा मनोनय गरिएको सभापति अधिकारीले जानकारी दिए । अन्य पदाधिकारी एवंम् सदस्यहरुलाई क्रमशः मनोनित गदै जाने उनले बताए ।

Show More

Related Articles

Back to top button