समाचारस्वास्थ्य

स्वास्थ्य सेवा केन्द्रमा सहयोग प्रदान

शुक्ला गण्डकी नगरपालिका वडा नं १ सेराबेँसीमा केही महिना अघि सञ्चालनमा आएको विशेष स्वास्थ्य सेवा केन्द्रमा करिब ३० हजार रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग प्रदन गरिएको छ । समाजसेवी लेखनाथ पन्थी तथा अनिल पन्थीले उक्त स्वास्थ्य सामाग्री एक कार्यक्रमकाबीच महिला स्वास्थ्य स्वयं सेवीका मधुमाया पन्थीलाई बुधबार हस्तान्तरण गरिएको छ ।


कार्यक्रममा प्रमुख अतिथि एवम् शुक्ला गण्डकी नगरपालिका वडा नं १ का वडा अध्यक्ष रविचन्द्र पौडेलले स्वास्थ्य सेवालाई सर्वसाधारणको सहज पहुँचका लागि सेराबेँसीमा विशेष स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको बताए । केन्द्रबाट हाल हप्तामा दुई पटक सेवा प्रवाह भैरहेको बताउँदै उनले आगामी दिनमा यहाँबाट प्रदान गरिने स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।

केन्द्रबाट प्रत्येक हप्ताका सोमबार र बिहीबार एक जना अहेब तथा एक जना अनमीले स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन् । शिवशक्ति महिला समूहका अध्यक्ष अनिशा भुजेलको सभापतित्व एवम् नरेशचन्द्र भण्डारीको सञ्चालनमा भएको कार्यक्रममा वडा सदस्य सुशिला कमर, स्वास्थ्य चौकी इन्चार्ज रियाद अन्सारी, नेपाली काँग्रेसका नेता खेमराज अधिकारी लगायतले बोलेका थिए ।

Show More

Related Articles

Back to top button