समाचार

रहेनन् पूर्वमन्त्री गौतम

पूर्वमन्त्री तथा संविधानसभा सदस्य भीमप्रसाद गौतमको निधन भएको छ । निमोनिया रोगबाट ग्रस्त गौतमको ७० बर्षको उमेरमा बन्दीपुर १ पिप्लेस्थित निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । करिब १५ दिनदेखि निमोनियाबाट ग्रसित रहँदै आएका गौतमको केही समयअघि अस्पतालमा उपचारपश्चात घरमा ल्याई राखिएको थियो । उनको पार्थिव शरीरलाई जिल्लाको पवित्रस्थल देवघाटमा लगेर दाहसंस्कार गरिएको छ । डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला गौतम भूमिसुधार तथा व्यवस्था मन्त्री बनेका थिए । भूमिसुधारमन्त्री तथा पूर्वमन्त्री, संविधानसभा सदस्य एवं तनहुँ जिल्लाको कम्युनिष्ट आन्दोलनका अथक योद्धा गौतमको निधनले सिङ्गो तनहुँवासीलाई स्तब्ध बनाएको नेकपा तनहँुले जनाएको छ ।

उनलाई अन्तिम श्रद्धाञ्जली दिन नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । मृतकका श्रीमती, दुई छोरा र चार छोरी छन् । यसैबीच नेपाली काँगेस्रका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले पूर्वमन्त्री गौतमको निधन प्रति दुःख व्यक्त गरेका छन् । आफनो समाजिक सञ्जाल मार्फत नेता जोशीले गौतमको निधनले आफु स्तब्ध भएको उल्लेख गरेका छन् ।‘कुनै समय हामी दुबै तनहँुमा प्रधानाध्यपक थियौं । उहाँ एक विकासवादी नेता पनि हुनुथ्यो । उहाँको निधले देशले एक असल नेतापनि गुमाएको छ।’ सामाजिक सञ्जालमा नेता जोशीले लेखका छन् । पूर्व गृहमन्त्री समेत रहेका जोशीले दुःखद घडीमा मृत आत्माको चीर शान्तिको कामना गदै परिखवारजनमा समवेदना प्रकट गरेका छन् ।

Show More

Related Articles

Back to top button