हेडलाईनसमाचारAll

रोकिएन बन्दीपुरमा चितुवा आतङ्क घरमै आएर बालबालिका माथि आक्रमण गर्न थाल्यो

तनहुँ, भदौ ९  । बन्दीपुर गाउँपालिका वडा नम्बर १ र ४ मा चितुवा आतंक रोकिएको छैन ।  चितुवाले घरमै आएर निरन्तर बालबालिका माथि आक्रमण गर्ने क्रम बढेको छ । बुधबार साँझ पनि नरभक्षी चितुवाले वडा नम्बर –१ को  उपल्लो फाँटमा सुवाश परियारको तीन वर्षिय छोरा शुलभ परियारलाई चितुवाले आक्रमण गरी सख्त घाईते भएपछि स्थानीय बासिन्दा आतंकित भएका छन् ।
     घाईते बालकको तनहुँको डुम्रेबजार स्थित मोति मेडिकल हलको प्राथमिकत उपचार पछि चितवन मेडिकल कलेज भरतपुरमा थप उपचार भईरहेको छ । पटक पटक बस्तीमा डुलिरहने र बालबालिकाई आक्रमण गर्ने गरेकोले आतङ्कित भएको बन्दीपुर गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले बताउनुभयो । गत जेठ १० गते दिउँसो सवा ४ बजे चितुवाको आक्रमणबाट वडा नम्बर –१ को बोडिश्वाँरा बस्ने सुकमाया रिमाली मगर र प्रेमबहादुर रिलामी मगरको ५ वर्षको छोरा सुप्रिप रिलामी मगरको आक्रमण गरेर चितुवाले मारेको थियो । नरभक्षी चितुवाले दिउँसै बस्तीमा आएर आक्रमण गर्ने गरेकोले आतङकित बनेको प्रवक्ता श्रेष्ठ बताउनुहुन्छ । फेरी आक्रमण गर्ने डरले त्रसित भएको उहाँले बताउनुभयो । प्रवक्ता श्रेष्ठका अनुसार दुई महिना अघि वडा नम्बर १ कै बाघदलेमा बस्ने बर्ष ३४ को हिमलाल गरन्जा मगर आफ्नै घरको पिढीमा सुतिरहेको अवस्थामा आक्रमण गरेर घाईते बनाएको थियो । वडा नम्बर ४ को टावर बस्ने सन्तोष थापाको ८ वर्षकी छोरी रियाना थापालाई घरमै आएर चितुवाले आक्रमण गरी घाईते बनाएको थियो ।  ति दुई मात्रै नभई आसपासको वस्तीमा पुनः  चितुवा आउने गरेकाले नरभक्षी चितुवालाई नियन्त्रणमा लिनु पर्ने माग स्थानीय वासिन्दाको रहेको प्रवक्ता श्रेष्ठ बताउनुहुन्छ ।
 तनहुँमा तीन वर्षको अवधिमा  चितुवाको आक्रमणबाट जिल्लाका विभिन्न ठाउँमा १२ जना बालबालिकाको मृत्यु भईसकेको छ । हाल फेरी चितुवा आतङ्क बढेर एक बालकको मृत्यु तीन जना घाईते बनाईसकेकोले आतङ्कित भएको श्रेष्ठ बताउनुहुन्छ ।  दिउँसै बस्तीमा पसेर मानिसलाई आक्रमण गर्ने क्रम नरोकिएपछि बन्दीपुरका बासिन्दा आतङकित बनेको  वडा नम्बर १ उपल्लोफाट निवासी वासु पन्थले बताउनुभयो  । ‘बालबालिकालाई विद्यालय आउँदा जाँदा पनि आक्रमण पर्ने त्रास छ, चितुवा आतङ्कले दिउँसै दिउँसै ढोका बन्द गरेर बस्नु पर्ने बाध्यता भएको छ’ पन्थले भन्नुभयो । विसंं. २०७४ फागुन १ गते पहिलोपटक तनहुँमा भानु नगरपालिका–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो । आहार जङ्लमा नपाएर मानव बस्तीमा आएको र मानिसलाई आक्रमण गरेको हुनसक्ने डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्ले बताउनुहुन्छ । चितुवा बुढो भएर दाँत नङ्ग्राहरु भाँचिदै गएका र शिकार गर्न नसक्दा मान्छेको बच्चालाई आक्रमण गरेको हुन सक्ने काफ्लेको भनाई छ । डिभिजन वन कार्यालयले एक सूचना जारी गरी बालबालिकालाई एक्लैदुक्लै नछाड्न, घर वरीपरीको झाडी फाड्न, साँझ र झिसमिसे उज्यालोमा घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ ।
तनहुँका पाँच वर्षको  अवधिमा नरभक्षी चितुवाको आक्रमणबाट १२ जना बालबालिकाको मृत्यु भईसकेको छ ।  चितुवाले खाने मूख्य आहाराहरु रतुवा, मृग, चित्तल, बँदेल, वनकुखुरा, खरायो, दुम्सी लगायतको मानिसले अवैध रुपमा मारी खाईदिँदा चितुवाले शिकार गर्ने वन्यजन्तुको कमीआई आहाराको खोजीमा चितुवा मानव बस्तीमा बस्ने गरेकोले वन्यजन्तुको शिकार नर्गन डिभिजन वन कार्यालयले अनुरोध गरेको छ । चितुवा पानीको खोजीमा समेत मानव वस्तीमा आउने हुँदा वन जङ्गलमा भएका पानीका मुहानहरु संरक्षण गरि पोखरी निर्माण गर्न कार्यालयले आग्रह गरेको छ ।  चितुवा आतङ्क रोक्नका लागि अनेक प्रयास गरिए पनि सफल हुन सकेको छैन ।
बन्दीपुरमै गतवर्ष चितुवाको आक्रमणबाट ९ वर्षीया बालिकाको मृत्यु भएको थियो । केही समय रोकिएको चितुवा आतङ्क फेरि सुरु भएको हो । घरमै आई चितुवाले आक्रमण गर्न थालेपछि स्थानीय त्रसित बनेका छन् । चितुवाको आक्रमणबाट २०७४ यता भानुमा ६, आँबुखैरेनीमा एक, बन्दीपुरमा ३ र शुक्लागण्डकीमा २ गरी १२ बालबालिकाले ज्यान गुमाएको डिभिजन वन कार्यालयले जनाएको छन् । भानु नगरपालिकाको १, २, ३ र ४ वडा क्षेत्रमा चितुवाको आतंक बढी थियो । यस क्षेत्रमा केही न्यूनीकरण भए पनि अहिले आँबुखैरेनी, बन्दीपुर, व्यास र शुक्लागण्डकी क्षेत्रमा नरभक्षी चितुवा आतङक भईरहेको छ । चितुवाले समान्यतया आफूभन्दा होचो र कमजोरलाई मात्र आक्रमण गर्ने भएको हुँदा कम उमेरकालाई आक्रमण गर्ने गरेकोले होशियार हुनुपर्ने डिभिजन वन कार्याले जनाएको छ ।
Show More

Related Articles

Back to top button