Uncategorized

रेडक्रस दुम्सीकोट उप शाखाद्वरा राहत सामग्री वितरण गरिने

दमौली खबर संवाददाता
चैत २१ दमौली
तनहुँ – ब्यास न. पा. वडा नंं. १० मा रहेको नेपाल रेडक्रस सोसाईटी दुम्सीकोट उपशाखाले लकडाउनका कारण समस्यामा परेका बिपन्न एवं दैनिक मजदुरी गरि खाने परिवारहरुलाई राहत सामाग्री वितरण गर्ने भएको छ ।
सामाजिक सञ्जाल मार्फत थालिएको अभियानबाट संकलित एकलाख तिसहजार बराबरको रकमद्धारा करिब ८० घरपरिवारलाई वडाले उपलब्ध गराएको नामावलीको प्राथमिकताका आधारमा राहत वितरण गर्न लागिएको उपशाखाका सभापति एवं गण्डकी प्रदेशका युवा संयोजक रामदत्त पौडेलले जानकारी गराएका छन् ।
सहयोगमा जुटने सम्पूर्ण ब्यक्ति एवं संस्थाहरु प्रति आभार प्रकट गर्दे समस्य परेको समयमा रेडक्रस सधै सहयोगी बन्ने गरेकोमा वडा नं. १० का वडा अध्यक्ष तुलसीराम सापकोटाले खुसी ब्यक्त गरेका छन् ।
स्थानिय सरकार र रेडक्रसद्धारा संकलित सहयोगलाई मिलाएर वडामा राहत वितरण गरिने उहाको भनाई रहेको छ । यस अभियानमा बाराहि क्वाईरिज काठमाडौंले रु ३७,५०० (२५ बोरा चामल), एकीकृत हरित विकास नेपाल (क्ष्)बाट रु १०,०००, भुपेन्द्र बोटे ब्यास १० बैरेनि रु१०००० , बिशाल गिरि ब्यास १० खहरे रु ९००० ,बल बहादुर शाही ब्यास १० खहरे रु ७५००, वडा अध्यक्ष तुलसीराम सापकोटा ब्यास १० वडा अध्यक्ष रु ५०००, ईश्वर पौडेल व्यास १० डिहिगाउ रु ५,००० लगाएतकाले स्वतः सामाजिक सञ्जालमार्फत सहयोग दिने घोषणा गरेको सचिव यम प्रसाद सापकोटाले जानकारी दिए ।

Show More

Related Articles

Back to top button