Uncategorized

मजदुरहरुलाई खाना खुवाउने जिम्मा लिए व्यवासीयहरुले

 

सविन लामिछाने / दमौली खबर संवाददाता
चैत २२ दमौली

दमौली,

मीन बहादुर चौधरीको पाँच जनाको परिवार छ । ज्याला मजदूरी गरेर कमाएको पैसाले परिवारको खर्च चल्थ्यो । साँझ बिहानको छाक जुट्थ्यो । तर, अहिले मिनबहादुरले काम गर्न पाएका छैनन् । लकडाउन भएपछि उनको घरमा खर खर्च सकिएको छ ।‘काम गर्न पाइएको छैन् । बसेर खानु परेको छ । अलिअलि भएको खर्च पनि सकियो’चौधरीले भने–‘अहिले विहानको लागि भनेनी खाना खान पाईएको छ।’

लकडाउन को अवधी लम्बिदै जाँदा ज्याला मजदूरी गरेर घर खर्च चलाउनेहरुले बढी समस्यामा छन् । सुकबहादुर ठकुरीको परिवार पनि मजदूरीबाटै चलेको छ । अहिले मजदूरी गर्न नपाउँदा खर्च जुटाउन हम्मे हम्मे परेको छ । ‘काम गरेर खाने मान्छे । काम गर्न नपाउँदा के खाने भन्ने पिर छ’उनले भने–‘खै कहिले सम्म हो यस्तै ।’ तनहँुको व्यास ३ स्थित रहेको तरकारी लाईनका व्यवसायहरुले तनहँु उद्योग वाणिज्य संघ दमौली बजार ईकाईको व्यवस्थापनमा शनिबार देखि निःशुल्क रुपमा खाना खुवाउन सुरु गरेको छ । दमौलीमा मजदुरी गर्ने अधिकांश मजदुर तराई क्षेत्र रहेको तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार ईकाईका सभापति राजकुमार श्रेष्ठ राकुले बताए । लकडाउनको कारणले प्रत्यक्ष रुपमा प्रभाव परेका मजदुरहरुलाई निशुल्क रुपमा एक दिनमा बिहान एक पटक खाना खुवाउन सुरु गरेको उक्त अभियानका संयोजक गणेश शाहीले बताए । उनले भने,‘ हामीलाई आवश्यक परेको बेलामा मजदुरहरुले काम गरि रहेका हुन्छ,अहिले यस्तो अवस्थामा हामी सहयोग नगर्ने कस्ले गर्ने ।’

त्यस्तै तनहँुका स्थानिय तहहरुले पनि मजदुरहरुलाई राहत वितरण गर्ने अभियान अघि सारेको छ । तनहँुको सदरमुकाममा रहेको व्यास नगरपालिकाले वडा बाट संकलित श्रमिक, कृषि मजदुर, असहाय एवंम आश्रमहरुमा आश्रित करिब तीन हजार पाँच सय घर परिवार राहत वितरण गर्ने नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । ‘हाम्रा नगर बासीलाई भोक भोकै बस्न दिँदैनौं । त्यही भएर खाद्यान्न वितरण गर्ने अभियान अघि सारेका छौं’ । उनिहरुलाई दैनिक जिवनमा आवश्यक पर्ने दाल, चामाल, तेल र साबुन वितरण गर्ने उनले बताए ।

व्यासका नगरवासीलाई लकडाउनका कारण उत्पन्न हुन सक्ने जुनसुकै समस्याको पनि समाधान गर्नेगरी अघि बढेको नगर प्रमुख न्यौपानेले बताए । ‘यो समयमा छाक जुटाउनै समस्या परेकाले मात्रै राहत उपलब्ध गराईने छ । घरमा खर्च भएर पनि राहतको लागि दाबी नगर्नुहोला । यो बेला एकले अर्कालाई सहयोग गर्ने बेला हो’उनले भने–‘निकै समस्यामा परेका परिवारका सदस्यलाई सरकारले हेर्छ ।’ त्यस्तै राहत तथा औषधी उपचारका लागि ७५ लाख राहत रकम विनियोजन गरिएको नगरपालिका प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए । यस अघि नगरपालिकाले राहत रकमको लागि २५ लाख विनियोजन गरेको थियो । यसैबीच नगरपालिकाले लकडाउन अवधि भर काममा खडिने कर्मचारी, स्वास्थ्यकर्मी, सरसफाई र सवारी चालकलाई पचास प्रतिशत तलब थप दिने निर्णय गरेको छ ।

Show More

Related Articles

Back to top button