समाचारस्वास्थ्य

रुघाखोकीका बिरामी बढे

दमौली खबर संवाददाता

तनहँुमा गर्मी बढेपछि बिरामीको संख्या बढेको छ । गर्मी बढेपछि झाडापखाला र ज्वरोका बिरामीको संख्या बढेको पाइएको छ । गर्मीले खाना नपच्ने हुदा झाडापखालाका लाग्ने गरेको चिकित्सकहरु बताउँछन्। गर्मीले नै भाइरल ज्वरो आउनेको संख्या पनि बढेको पाइएको छ। व्यास ३ मा रहेको दमौली अस्पतालमा पछिल्लो समय झाडापखाला र भाइरल ज्वरोका बिरामीको संख्या बढेको अस्पतालका प्रमुख डा. सुनिल पौडेलले जानकारी दिए । नियमित बिरामीभन्दा झाडापखाला, भाइल ज्वरोका बिरामी दैनिक एक सय पचास देखि दुई सय पचास जना बिरामी आउने गरेको उनले बताए ।

दमौलीको बजार क्षेत्रमा क्षेत्रको तापक्रम ३० डिग्री सेल्सियस भन्दा बढीसम्म रेकड भएको छ । दिउँसोको समयमा प्राय बजार तापक्रम बढ्ने गर्ने गरेको छ । सरुवा रोग अस्पतालमा एक सातायता रुघाखोकी र ज्वरोका समस्या लिएर आउने बिरामीहरु बढेको अस्पतालका प्रशासनले जनाएको छ । केही चिकित्सकहरु सँग कुराकानी गर्दा एक सातायता मौसमी रुघाखोकी र ज्वरोका बिरामी बढेको देखिएको छ । बर्षात सुरू हुने समयमा मौसमी रुघाखोकी ज्वरोका बिरामी बढी देखिने गरेकोमा यो पटक अलि अगाडि नै देखियो ।

उनिहरु भने यो पटक मौसममा बाहिरी तापक्रम धेरै हुने भएकाले यो समयमा भाइरलजन्य संक्रमणका बिरामी बढ्दै गएको समेत देखिने गरेका छन् ।त्यसैगरी भीडभाडमा नजाने, घर बाहिर जाँदा मास्कको प्रयोग गर्ने बाहिरबाट घर पुगेपछि साबुनपानीले हात धुने, सफा उमालेको पानी र सफा ताजा खानेकुरा खानुपर्ने र ज्वरो बढ्दै गएमा तुरुन्त अस्पताल जानुपर्ने डा. पौडेलको सुझाव छ ।गर्मी बढेसँगै पानीजन्य संक्रमण बढ्ने हुँदा पानी उमालेर मात्र खाने, घरबाहिर निस्किँदा मास्कको प्रयोग गर्ने, बासी खानेकुरा नखाने गर्नुपर्नेसमेत डा पुनले बताए ।

यो समयमा श्वासप्रश्वासको समस्या भएका, दीर्घरोगी, मधुमेह, उच्चरक्तचापअंग प्रत्यारोपण गरेका, साना बालबालिका र ४५ वर्षमाथि उमेर समूहका व्यक्ति जोखिममा हुने हुँदा विशेष ख्याल गर्नुपर्नेसमेत चिकित्सकहरुले बताएका छन् ।

Show More

Related Articles

Back to top button