हेडलाईनसमाचारAll

रास्वपालाई जनताको सबैभन्दा प्यारो बनाउँने रवि लामिछानेको भनाई

दमौली खबर संवाददाता

तनहुँ, चैत २६ गते

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पाटीलाई जनताको सबैभन्दा प्यारो पार्टी बनाउने बताउनु भएको छ । शनिबार तनहुँको आँबुखैरेनीमा गरिएको सभालाई सम्बोधन गर्दै लामिछानेले छोटो समयमा नै जनताले विश्वास गरेर मलजल गरेकोले तेस्रो ठुलो पार्टी बनाएको र आगामी चुनाव सम्ममा सबैभन्दा ठुुलो बनाउने बताउनुभयो ।

‘‘देश बदल्ने सपना पुरा गर्नको जनताको सबैभन्दा प्यारो पार्टी बनाउँछौं, लामिछानेले भन्नुभयो, हाल प्रतिनिधी सभामा १९ वटा बिरुवा छन् उपनिर्वाचनमा विरुवा थप हुन्छ’’। पुराना र वषौं देखि भोट हालेको पार्टी नेताले देश बदल्न नसकेकोले जनताको भरोसाको पार्टी रास्वपा भएको बताउनुभयो । उर्वर भूमी भएकाले अन्नको लागि अरु देशको भर नपर्नु पर्ने गरी पार्टीले योजना बनाएको उहाँले बताउनुभयो । भ्रमको खेती गरेर रास्वपाका उम्मेदवारलाई हिलो छाप्ने गरिएको लामिछानेले बताउनुभयो । जनताको माया, विश्वास र भरोसा बढेकाले उपनिर्वाचनका रास्वपाका उम्मेदवारले चुनाव जित्ने दाबी लामिछानेले बताउनुभयो । तनहुँ १ को उपनिर्वाचनको प्रतिनिधी सभा सदस्यका उम्मेदवार डा. स्वर्णिम वाग्लेले यदि आफूले यो चुनाव जिते तनहुँबासीले गर्व गर्न लायक काम गर्ने बताउनुभयो ।

चुनावी प्रतिस्पर्धामा उत्रिरहँदा आफू संस्कारयुक्त राजनिति गर्ने र कसैलाइ गाली गरेर होइन सम्मान गरेर सँगै प्रतिस्पर्धा गर्ने वाग्लेले बताउनुभयो । तनहुँ– १ मा वैशाख १० गते प्रतिनिधी सभा सदस्यमा उपनिर्वाचन हुँदैछ । प्रतिनिधी सभा सदस्य निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि तनहुँमा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनलाई केन्द्रीत गरी रास्वपाले चुनावी सभा गरेको थियो ।

Show More

Related Articles

Back to top button