समाचारAll

राष्ट्रपति रनिङ शिल्डको उपाधि राधा माध्यामिक विद्यालयलाई

दमौली खबर संवाददाता

म्याग्दे, माघ ।

तनहुँको म्याग्दे गाँउपालिकामा आयोजित राष्ट्रपति रनिङ शिल्डको उपाधि राधा माध्यामिक विद्यालय,जामुनेले जितेको छ ।

प्रतियोगितामा भलिवल, कवड्डी, १०० मिटर दौड, २०० मिटर दौड, ४०० मिटर दौड, ८०० मिटर दौड र १५०० मिटर दौड,े रिले दौड १०० र २०० मिटरको, हाईजम्प, लङ्गजम्प, त्रिपल जम्प, छेलो हान्ने र भाला फाल्ने खेल संचालन भएको थियो ।

प्रतियोगितामा प्रथम हुनेलाई २० हजार नगद सहित शिल्ड र प्रमाणपत्र, दोश्रो हुनेलाई १५ हजार सहित शिल्ड र प्रमाणपत्र र तृतिय हुनेलाई १० हजार नगद सहित शिल्ड र प्रमाणपत्र गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले प्रदान गर्नुभयो । सो अवसरमा अध्यक्ष श्रेष्ठले विद्यालय स्तरवाट खेलिने खेलले विद्याथीको वृद्धि विकासमा टेवा पुग्ने वताउनुभयो । खेल जिल्ला हुदै प्रदेश र केन्द्रीय स्तरको प्रतियोगिता समेत हुने हुदाँ खेलाडी थप मेहनत गर्नुपर्ने अध्यक्ष श्रेष्ठले वताउनुभयो । खेलकुद देशको नै पहिचान भएको हुदााँ खेलकुदको माध्यामवाट पालिकालाई योगदान गर्नु पर्ने उहाँको भनाई छ ।

उपाध्यक्ष वालकृष्ण घिमिरेले पालिका खेलकुद र खेलाडीको विकासको लागी सदैव तत्पर रहेको बताउनुभयो । खेलकुदले देश चिनाउने मात्रै नभई नियमित अभ्यास गरेर शरिर स्वास्थ्य रहेने मुख्य आधार भएको हुदाँ खेलकुद जीवनमा सँधै सँगै चाहिने उपाध्यक्ष घिमिरेले बताउनुभयो । प्रतियोगितामा मीन माध्यामिक विद्यालय थपुए द्धितीय भएको छ भने तृतिय स्थान गणपति माध्यामिक विद्यालय धँएरेले हात पारेको छ । पालिका भित्रको जनगणपति मावि, मिन मावि, गणेश मावि, राधा मावि, रत्न मावि र महेन्द्र माविको विद्यार्थीहरु सहभागिता रहेको आयोजक म्याग्दे गाउँपालिकाले जनाएको छ ।

Show More

Related Articles

Check Also
Close
Back to top button