समाचारAll

पृथ्वीराजमार्ग थप १५ दिन दैनिक चार घण्टा बन्द हुने

दमौली खबर संवाददाता

तनहुँ, फागुन २८ गते

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँमा पर्ने याम्पाफाँट–घाँसीकुवा खण्डलाई थप १५ दिन दैनिक चार घण्टा बन्द हुने भएको छ । यस राजमार्गको मुग्लिन–पोखरा सडकखण्डको चार लेनको विस्तारको कामलाई तिब्रता दिन थप फागुन २८ देखि चैत्र १२ गते सम्मको लागि रातको समयमा बन्द गर्ने निर्णय गरिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेद्धारा जारी विज्ञप्तीमा जिल्ला सुरक्षा समितिको बैठकले बन्द गर्ने निर्णय गरिएको जनाईएको छ ।

यस अघि उक्त सडकखण्ड फागनु १८ गते देखि २७ गते सम्म गरी १० दिन राति १२ बजेदेखि बिहान ४ बजेसम्म बन्द गरिएको थियो । कामलाई तिब्रता दिन सोही समयमा थप १४ दिन बन्द गरिएकोे जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

सहायक प्रजिअ गैरेका अनुसार काम छिटोछरितो गर्नको लागि मुग्लिन पोखरा खण्ड योजना (पूर्वी खण्ड) बाट अनुरोध भई आएको विषयमा छलफल गरी दैनिक रुपमा अत्यावश्य सवारी बाहेक अन्य सवारी साधनहरु पूर्ण रुपमा रोकी काम गर्ने निर्णय भएकोले बन्द गरिने भएको हो । ‘‘चार लेन सडक विस्तारका क्रममा यस खण्डमा भिक्तो काट्ने काम गर्नुपर्ने भएकोले रातको समयमा सो खण्ड बन्द गर्ने निर्णय गरिएको छ’’ गैरेले भन्नुभयो । यात्रुलाई यात्रा सहज बनाउन दिउँसो खुला गरी रातको समय बन्द गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।

चाईना कम्पनीले पृथ्वी राजमार्ग अन्तर्गतको पोखरा–मुग्लिन सडकलाई तीन चरणमा विस्तार गर्ने क्रममा भित्ता खार्ने र खाल्टोहरु पुर्ने कार्य भईरहेको छ । हाल पृथ्वीराजमार्ग दुई लेनको रहेको छ । चाइना एण्ड कम्युनिकेशनले उक्त सडक तीन चरणमा पुरा हुने गरि योजना बनाएको छ । आँबुखैरेनीदेखि जामुनेसम्म, जामुनेदेखि पोखरा र आँबुखैरेनीबाट मुग्लिनसम्म गरी तीन चरणमा सडक फराकिलो गरिरहेको छ मुग्लिनदेखि पोखरासम्मका सडक फराकिलो पार्न चिनिया कम्पनीले ठेक्का पाएर निर्माण कार्य थालनी भईरहेको छ । सो कम्पनीले सडक फराकिलो गर्न ६ अर्ब १४ करोड रुपियाँको ठेक्का पाएको छ ।

Show More

Related Articles

Back to top button