सम्पादकीयAll

आलु मेला कृषि प्रवद्र्धनको लागि सकरात्मक कार्य

आलुको तरकारी नेपाली भान्सामा अधिकांशको घरमा पाक्ने गर्छ । आलु नभएको प्राय तरकारी नै हुँदैन । आलु तरकारी मात्रै हैन । अचार, खाजको रुपमा पनि प्रयोगमा आउँछ । विशेष गरी नेवारी समुदायमा आलुका धेरै परिकार पाक्ने गर्दछ । आलु पोलेर खाँदा झन् मिठो हुन्छ भने उसिनेर चटपट बनाउन पनि प्रयोग गरिन्छ । सबैभन्दा धेरै परिकार आलुको नै बन्दछ । फेरी आलुको नेपालको सबै भूभागमा खेती गर्न सकिन्छ । हिमाल, पहाड र तराई सबै स्थानमा आलु खेती हुन्छ । मिठोको हिसाब भने हिमालको आलु लोकप्रिय मानिन्छ । आलु हरेक नेपालीको घरमा बस्ने तरकारी भएकोले यस खेतीको प्रवद्र्धनको लागि टेवा पु¥याउनु पर्दछ ।

आँबुखैरेनी गाउँपालिकाले फागुन २७ गते देखि २९ सम्म गरी तीन दिन ‘प्रथम आँबुखैरेनी आलु मेला २०७९’ गरेको छ । मेला आँबुखैरेनी गाउँपालिका–३ हाटबजारमा गरिएका यस्ता मेलाले गाउँमा उत्पादन गरिएको पांगरिक आलु बिक्री गर्न सहज हुन्छ । कृषकले उत्पादन गरेका आलु उपभोक्तालाई सुपथ र सहज मूल्यमा बिक्री बितरण गर्न पनि यस्ता मेला आवश्यक पर्दछ । बिचौलियाको अत्य गर्न पनि टेवा दिने हुँदा कृषकले पनि मूल्य धेरै पाउने अवस्था बन्दछ आँबुखैरेनी गाउँपालिका–१ र २ वडामा पर्ने सत्रसय र बरादीलाई तरकारी पकेट क्षेत्रको रुपमा लिइएको छ । उक्त दुई वडामा उत्पादन गरिएका आलु ग्रेडिङ्ग र सालाखाला गरी बिक्री गरिएको छ यसले उत्पादन गर्ने कृषकलाई हौंसला प्रदान गर्दछ ।

साथै आलुबाट बनेका परिकार आलु पकौडा,आलु चप,चटपट लगायतका विभिन्न परिकार राखिनु राम्रो कुरा हो । कृषकलाई निशुल्क रुपमा स्टल राख्न व्यवस्था मिलाइएकोले कृषकलाई बिक्री गर्न सजिलो भएको छ । आलु जस्तै अन्य बाली तथा तरकारीलाई लक्षित गरी मेला गर्न सकिन्छ । जस्तै सुन्तला फल्ने बेला सुन्तला मेला, मास फल्ने बेला मास मेला गर्न सकिन्छ । अन्य मेलाहरु गर्दा कृषि पेशलाई लाभ पुग्ने गरी गर्न जरुरी छ ।

Show More

Related Articles

Back to top button