समाचार

लियो तनहुँका अध्यक्ष मिश्रले सम्हाले कार्यभार

दमौली खबर
सामाजिक कार्यमा सक्रिय रहेको लियो क्लब अफ तनहुँको अध्यक्ष सुनिल मिश्रले कार्यभार सम्हालेका छन् । विहिबार एक कार्यक्रम गरि क्लबका वर्ष २०२०÷२१ का अध्यक्ष प्रवेश पोख्रेलले वर्ष २०२१÷२२ का अध्यक्ष मिश्रलाई कार्यभार हस्तान्तरण गरे । क्लबको प्रथम उपाध्यक्षमा मोहम्मद गफार, द्वितिय उपाध्यक्षमा बसन्ती थापा, तृतीय उपाध्यक्षमा सु्निल श्रेष्ठ तथा सचिवमा सागर घिमिरे चयन भएका छन् ।

क्लबका कोषाध्यक्षमा रोबिन श्रेष्ठ, टेलट्विस्टरमा युबराज भण्डारी, सह सचिवमा सुस्मिता चौधरी तथा सह कोषाध्यक्षमा मुकेश बिडारी चयन भएको मिडिया रिलेशन अफिसर सबिन लामिछानेले जानकारी दिए । लायन्स क्लब अफ तनहुँका निवर्तमान अध्यक्ष ध्रुवराज पण्डितले सभापतित्वमा भएको उक्त कार्यक्रम लायन्स डिस्ट्रिक्ट ३२५ बी १ का निवर्तमान गर्भनर अशोककुमार श्रेष्ठ प्रमुख अतिथि रहेका थिए ।

Show More

Related Articles

Back to top button