कोरोनाभाइरस

फेरी उकालो लाग्यो कोरोना संक्रमण

तनहुँमा आईतबार २० जनामा कोरोना संक्रमीत थपिएका छन् । गण्डकी स्वास्थ्य निर्देशानलयले सार्वजनिक गरेको विवरण अनुसार आईतबार तनहँुको चार पालिकामा २० संक्रमीत थपिएका हुन् । व्यास नगरपालिकाको २ र ४ मा ४÷४ जना पुरुषमा संक्रमण फेला परेको हो । त्यस्तै शुक्लागण्डकी नगरपालिकाको चार वटा वडामा ७ संक्रमीत थपिएका हुन् । फेला परेका संक्रमीतमा चार पुरुष र एक महिला रहेका छन् । त्यस्तै बेलचौतरा स्थित रहेको जिपि कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा कार्यरत दुई महिलामा संक्रमण पुष्टि भएको छ । केन्द्रमा कार्यरत २४ र २६ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो । त्यस्तै बन्दिपूर गाँउपालिकाका १ र ३ का ४०÷४० वर्षीया पुरुष र महिलामा संक्रमण पुष्टि भएको छ । भानु नगरपालिकाको ३ नं वडाको ५८ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको छ ।

Show More

Related Articles

Back to top button