Uncategorized

राष्ट्रियसभा सदस्यमा गण्डकी प्रदेशबाट नारायणकाजी र भगवतीको विजय,

गणतन्त्रको अनुभूती गराउन सशक्त ढङ्ग बाट आवाज उठाउन्छु : भगवती

माघ १०, दमौली
दमौली खबर सम्वददाता

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्यमा निर्वा्चित भएका छन् । बिहीबार भएको मतदानमा ३४ सय ६२ मतभार पाएर उनी राष्ट्रियसभा सदस्यमा निर्वा्चित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सूर्यप्रसाद रेग्मीलाई १ हजार २ सय ६२ मतभारले पराजित गरे । कांग्रेस उम्मेदवार रेग्मीले २२ सय ४४ र राष्ट्रिय जनमोर्चाका उम्मेदवार शंकरप्रसाद बरालले १९८ मतभार पाए । श्रेष्ठले गण्डकी प्रदेशको अन्य समूहबाट राष्ट्रियसभा सदस्यमा उम्मेदवारी दिएका थिए ।

त्यस्तै गण्डकी प्रदेशबाट महिला सदस्यमा नेकपाकै तनहँुकी भगवती न्यौपाने विजयी भएकी छन् । उनले नेपाली कांग्रेसकी विमला गौचनलाई १ हजार २० मतभारले पराजित गरिन् । न्यौपानेले ३३ सय ६६ र गौचनले २३४० मतभार पाए । गण्डकीबाट ५ जनाको उम्मेदवारी रहेको थियो । कांग्रेसबाट अन्यमा स्याङ्जाका सूर्यप्रसाद रेग्मी र महिलातर्फ म्याग्दीकी बिमला गौचन प्रतिस्पधीमा आएका थिए । जनमोर्चाबाट कास्कीका शंकर बरालमात्र रहेका थिए ।

गण्डकीमा सुरेन्द« पाण्डे र बृन्दा आले रानाको कार्यकाल सकिएपछि चुनाव भएको हो ।गण्डकीमा नेकपाबाट पूरा कार्यकाल पाउनेमा अन्यतर्फ गणेश तिमिल्सिना, दीननाथ शर्मा, महिलातर्फ शान्ति जिसी र दीपा गुरुङ छन् भने दलितमा खेमबहादुर विक यसअघि नै निर्वा्चित भएका थिए भने कांग्रेसका प्रकाश पन्थ अपाङगता कोटाबाट सांसद बनेका छन् ।

नेकपा तनहँुको जिल्ला सदस्य रहेकी भगवती संविधानसभा तथा संघीय संसद सदस्यमा गरी २ पटक समानुपातिक सूचीमा रहे पनि निर्वा्चित हुन नपाएकी न्यौपाने तनहुँमा प्रभावशाली भूमिकामा रहन सफल नेतृ हुन्। निर्वा्चित हुने निश्चित देखिएको पदका लागि उम्मेदवार सूचीमा पर्न सफल अंग्रेजीमा स्नातकोत्तर न्यौपाने तत्कालीन नेकपा एमाले तनहुँको निर्वा्चित सचिव पदमा रहिसकेककी हुन्। उनले अहिलेको अवस्थामा जनताले चाहेको जिवनमा परिर्वतन हो भन्दै ,जनतालाई आर्थीक हिसाबले माथि उठाउने र गणतन्त्रको अनुभूती गाँउ गाँउमा देखाउन सशस्त्र ढङ्ग बाट आवाज उठाउने उनले दमौली खबरलाई बताईन् । सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दुवैै पदमा मनोनयन दर्ता गराएकोमा प्रदेश र प्रतिनिधिसभाको उपचुनावमा सहकार्य गरेको राष्ट्रिय जनमोर्चाले एक पदमा मात्रै उम्मेदवारी दिएको थियो ।

Show More

Related Articles

Back to top button